१० मंसिर २०८१ सोमबार
image/svg+xml

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।

नेपाल स्टार्टअप फेष्टिबल आयोजना हुँदै

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रूपमा स्थापित गर्ने उद्देश्यले अगामी जुन २५ मा नेपाल स्टार्टअप फेष्टिबल आयोजना हुने भएको छ।

गुप्त सम्बन्धको दुर्गति

जनताले नै अन्धभक्त भएर राजा र पोपमध्ये एउटालाई निरंकुश बनाउन चाहेझैँ नेपाली जनताले पनि “जनता सर्वशक्तिमान हुन्छ” भन्ने बिर्सेर दल र गुटको पिँजरामा बस्ने रहर गरे भने त्यसको दुष्परिणाम आफैँले भोग्नुपर्ने हुन्छ।

विदेशी पर्यटक आगमन बढ्दै, अप्रिलमा ५८ हजार बढी भित्रिए

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि विदेशी पर्यटकको आगमनमा वृद्धि भएको छ। यो अप्रिल महिनामा मात्र नेपालमा ५८ हजार ३ सय ४८ जना विदेशी पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले बताएको छ। बोर्डका अनुसार कोरोना संक्रमण सुरु भएपछिको यो नै सबैभन्दा ठुलो आगमन संख्या हो।

विदेशी मुद्रा नदिए इन्टरनेट सेवा बन्द हुने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले अर्को साताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ। सरकारले विदेशी मुद्रा कारोबारमा लगाएको रोकका कारण सेवा बन्द हुन सक्ने बताइएकोे हो।

सुपारीको चर्चा धेरै: आयात अनुमति थोरै

११ वटा उद्योगले सुपारी आयातको सिफारिसका लागि उद्योग विभागमा अनुमति माग गरेकोमा वैशाख १५ सम्म एउटा उद्योगले मात्र सिफारिस पाएको छ। बाहिर चर्चामा आए जसरी सुपारी आयातको अनुमति नपाएको उद्योग विभागले जनाएको छ।

विदेशी लगानी बढ्यो: साढे ३३ अर्ब विदेशी लगानी स्वीकृत

मुलुकमा विदेशी मुद्रा सञ्चिति घटिरहेको अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता (एफडिआई) भने बढेको छ।

१० वस्तु आयातमा प्रतिबन्ध

विदेशी मुद्राको सञ्चितिमा चाप परे पछि सरकारले १० वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेको छ। आयात घटाएर विदेशी मुद्राको सञ्चिति घट्ने क्रम रोक्न सरकारले यस्तो निर्णय गरेको हो।

वैदेशिक अनुदानको अवस्था: लक्ष्य ६० अर्ब, ९ महिनामा १४ अर्ब मात्र

विदेशी दातृ संस्था तथा निकायहरूले पछिल्ला वर्षहरूमा नेपाललाई दिने अनुदानको अंश क्रमशः घटाउँदै लगेका छन्।

विदेशी पर्यटक आगमनले लय लिँदै

कोरोना भाइरस संक्रमणले दुइवर्षसम्म थलिएको पर्यटन क्षेत्रले बल्ल तेश्रो मुलुकका पाहुना स्वागत गर्न थालेको छ। अहिले पर्यटकीय सहर पोखरामा तेश्रो मुलुकका विदेशी पर्यटक देखिन थालेका छन्। पोखरामा मात्र नभई आसपासका पदमार्गमा पनि तेश्रो मुलुकका विदेशी पुग्न थालेका छन्। यतिबेलाको पोखराका होटलको बुकिङ पनि सन्तोषजनक हुँदै गएको व्यवसायी बताउँछन्।

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ।

पाकिस्तानलाई तहसनहस पार्न खोजियो: प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘बिदेशी षड्यन्त्र’ भएको बताएका छन्।

व्यापार घाटा मासिक डेढ खर्ब

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो।

आरोहीको दोस्रो रोजाईमा धौलागिरी हिमाल, १३ जना विदेशी आरोही बेसक्याम्पतर्फ प्रस्थान

कोरोनाले थलिएको पर्वतारोहण क्षेत्रमा विस्तारै आरोहीको चहलपहल सुरु भएको छ। म्याग्दीमा रहेको धौलागिरी हिमाल आरोहीहरूको रोजाईमा पर्न थालेको हो।

स्याउका बिरुवा बेचेर लाखौं कमाइ

चन्दननाथ नगरपालिका–८ का हरिबहादुर रोकायाले यो वर्ष ११ हजार स्याउका बिरुवा हुम्ला पठाए। उनले बिरुवा ट्रकमा नेपालगन्ज पठाइसके।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्