२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

मार्चमा ४२ हजार बढी विदेशी पर्यटक भित्रिए

सन् २०२२ को मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्यृत गर्दै उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा हवाई मार्ग भएर कूल ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएका हुन्।

अघिल्लो वर्ष सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ पर्यटक नेपाल आएका थिए। वर्षको मार्च महिनाको पर्यटक आगमन कोभिड महामारीपछि सबैभन्दा बढी हो। यो वर्षको सुरुआती महिनादेखि निरन्तर रूपमा विदेशी पर्यटक आगमन बढिरहेको छ।

सन् २०२२ को जनवरीमा १६ हजार ९७५ र फेब्रुअरीमा १९ हजार ७६६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपालमा हिमाल आरोहणको सिजन भएकाले पनि विदेशी पर्यटक बढेका हुन्। वसन्त यामको हिमाल आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउने गर्छन्। रासस

प्रकाशित: २१ चैत्र २०७८ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App