७ वैशाख २०८१ शुक्रबार

ठमेलमा विदेशी पर्यटकले मनाए होली

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन्।

विदेशी पर्यटक आगमनः फेब्रुअरीको आगमनमा ३३ प्रतिशत बढी

सन् २०२३ को फेब्रुअरीको तुलनामा ३३ प्रतिशत बढी हुनेगरि २०२४ को फेब्रुअरीमा झन्डै एकलाख विदेशी पाहुना नेपाल भित्रिएका छन्। २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना विदेशी पाहुना हवाई माध्यमबाट मात्र नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।

सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण

जनहित कार्यका लागि विनियोजित रु १० लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माणसम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए।

नेपाली खानामा लोभिँदै विदेशी पर्यटक

प्राकृतिक सुन्दरता हेर्न मात्र होइन यहाँका रैथाने खानाको स्वाद लिन पनि विदेशी पर्यटक नेपाल आउन थालेका छन्।

तिलौराकोटमा ४३ बढी देशका पर्यटक

विश्व सम्पदामा सूचीकृतका लागि प्रस्तावित बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा ४३ बढी देशका पर्यटकले भ्रमण गरेका छन्।

विदेशी पर्यटकको पहिलो रोजाइ बन्दै ‘मुस्ताङ’

सन् २०२३ मा ९० हजार तीन सय ५६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले जनाएको छ।

सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा

सरकारले राखेको १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य पुरा भएको छ। पर्यटन बोर्डले सन् २०२३ मा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको बताएको छ। यी सबै हवाई माध्यमबाट भित्रिएका विदेशी पाहुना हुन्। कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र सन् २०१९ पछि पहिलो पटक यो आकारमा उक्लेको हो।

पर्यटनमन्त्रीको दाबीः देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्कियो

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको पर्यटन क्षेत्र पुरानो लयमा फर्किएको दाबी गरेका छन्।आज मन्त्रालयमा सरकारको वर्ष दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन।

सौराहामा विदेशी पर्यटकले मनाए दसैँ, टीका र जमरा थाप्न पाउँदा दङ्ग

हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्।

पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत

मुलुकको पर्यटन क्षेत्रलाई आन्तरिक पर्यटकबाट राहत मिलेको छ। पछिल्ला वर्षहरूमा नेपालीहरू परिवार, आफन्त र साथीभाइसँगै घुम्न निस्किने गर्न थालेपछि आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुगेको हो।

४ महिनामा ४ लाख पर्यटक आउलान् त ?

सरकारी लक्ष्य पुरा गर्न अबको चारमहिनामा कम्तिमा चारलाख विदेशी पाहुना भित्रिनुपर्ने हुन्छ। अहिलेको आगमनको आकारका आधारमा अबको चारमहिनामा चारलाख विदेशी पर्यटक नेपाल आउलान त? पर्यटन बोर्ड भन्छ, ‘मुख्य सिजनको सुरुवाती समय भएकोले अबको चारमहिनामा चारलाख विदेशी पाहुना भित्रिने अपेक्षा गर्न सकिन्छ।’

आठ महिनामा भित्रिए ६ लाख पर्यटक

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगष्ट महिनासम्म छ लाख एक हजार तीन सय ६० पर्यटक भित्रिएका छन्।

आठ महिनामा नेपालमा ६ लाख विदेशी पर्यटक भित्रिए

सरकारले यो वर्ष (२०२३) मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। तर, आठमहिना (जनवरी–अगष्ट) अवधिमा हवाई मार्गबाट नेपाल भित्रिएका विदेशी पाहुनाको संख्या ६ लाख नाघेको छ। अगष्ट महिनामा मात्र नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ६७ हजार १ सय ५३ रहेको छ ।

विदेशी पर्यटक आगमनः झन्डै ४५ प्रतिशत पाहुना सार्क मुलुकका

२०२३ जुलाई महिनामा नेपालमा हवाई माध्यमबाट मात्र ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक भित्रिए। ती मध्ये २५ हजार ७ सय १४ जना सार्क मूलूकका पाहुना छन्। महिनाभर भित्रिएका विदेशी पाहुना मध्ये करिब आधा पाहुना सार्क मुलुकका रहेको तथ्यांकले देखाउँछ। जुलाई महिनामा भित्रिएका विदेशी पर्यटकमध्ये ४४.५ प्रतिशत सार्क मूलुकका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्