२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

देश बनाउने मान्छे हो भनेर सभापतिको गलतमा पनि साथ दिए, सत्य बोल्दा कारबाहीमा परेः ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले सभापतिको कुरा नमान्दा आफूमाथि कारबाही भएको बताएका छन्।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देश बनाउने मान्छेलाई साथ दिनुपर्छ भनेर सोचेकोमा मनोमानी गर्न थालेपछि असन्तुष्टि जनाउँदा आफूलाई कारबाही गरिएको बताएका छन्।

उनले लेखेका छन्, ‘२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनुहुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए। पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो, त्यो बुधवारको बैठकले छर्लङ्ग भएको छ।’

‘प्रचण्डसँग सहमति गरेर आइसकेपछि, मलाई सरकारमा जाने भन्नुभयो। मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर, सरकारमा पुगेपछिका कुराहरूका कारण, मलाई शङ्का लाग्यो–यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने, त्यहि बोलिदिए। सोचे, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ।’

‘मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फँसे। विगत लामो समयदेखि परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारबाही भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए।’

मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारबाही भएको छ उनले लेखेका छन्।

ढकालको स्टाटस जस्ताको तस्तैः

‘२ वर्षदेखि सभापतिको कुरासाई किन गलत भनिनस् भनेर सोधिन्छ। मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ। कति कुरा गलत लाग्दा लाग्दै मानिदिए, केन्द्रीय समितिको बैठकमा केहि कुरा पेलेरै लागू गरिदिए। पेल्ने मान्छे म थिए, वा म केवल एक पात्रको रूपमा थिए र त्यसको पछाडी अरू कोहि थियो, त्यो आजको बैठकले छर्लङ्ग भएको छ। प्रचण्डसँग सहमति गरेर आइसकेपछी, मलाई सरकारमा जाने भन्नु भयो। मैले उहाँको आदेश अनुसार प्रस्तुति दिए, मैले सोचे, मेरो कर्तव्य हो, र यो मान्छेले देश बनाउँछ साथ दिनपर्छ। तर सरकारमा पुगेपछीका कुराहरूका कारण, मलाई शङ्का लाग्यो–यो मान्छेले देश बनाउँछ वा बनाउँदैन। जनताले जे भने, त्यहि बोलिदिए। सोचे, कुर्सीको न्यानोले छोपेको, गाडीको कालो सिसाहरूले घेरिएको हुनुहुन्छ, सचेत गराउनपर्छ। मैले सोचे, नेता होइन, राजनेता बनाउनपर्छ, नेता मात्र त चङ्गुलमा फँसे। विगत लामो समयदेखी परिचित भएकाले, मलाई महामन्त्रीबाट हटाउँछन् भन्ने लागेकै थियो। पद गौण हो, जनताका कुरा बोलिदिँदा कारवाहि भए पनि बोल्नपर्छ लाग्यो र बोले। सरकारमा हुँदा प्रतिवेदनहरू कसरी लुकाइए देखेको मैले, मिडियाबाजी गर्न बाध्य भए। मलाई शङ्का लाग्यो, प्रतिवेदनलाई फास्स फुस्स गर्छन्, पार्टी बिग्रिसक्यो, सुधार्दैनन्। जनताको कुरा जस्ताको तस्तै बोलिदिएकोमा आज मलाई कारवाहि भएको छ। बालहठ जस्तो होस्, अस्वभाविक लागोस्, वा अव्यवहारीक जनताले जसरी बताए त्यसरी नै बताइदिए। प्रतिवेदन सार्वजनिक भएपछी पढेर विचार गर्नुहोला नै। जनताको आवाज बोल्दा यो पटक रवि लामिछानेको विरूद्ध बोलेको हुन्थ्यो, उहाँ पनि जनताकै पक्षमा होला सोचेर, बोलिदिए। जनताको पक्षमा बोल्नपर्छ, सत्य त्यहि हो बुझेकाले सत्यको पक्षमा बोलिदिएँ। बोलेकै आधारमा आज मलाई पार्टीले निलम्बन पत्र थमाएको छ।  

अरू पनि भनिदिऔँ, अरू के के गर्नुहुन्छ अब भनेर। अब उहाँको एउटा फेसबुक स्ट्याटस आउन सक्छ। केहि परिचालित व्यक्तिहरू छन्, पक्षमा स्ट्याटसहरू लेख्न लगाउन सक्नुहुन्छ। एक स्टेप अघि बढेर मिडियामा ‘प्रमाण सहित’ यो, त्यो भनेर मेरो चरित्र हत्या हुने गरि केहि हल्ला फैलाउने प्रयास गर्नुहुन्छ। आज बैठकमै भनिसक्नु भयो, मिडिया क्षेत्रको हेडमास्टर हो म। सबै प्रकारका प्रश्नहरूको जवाफ, आरोपहरूको जवाफ दिन सक्छु। पर्यो भने ‘लाइ डिटेक्सन टेस्ट’ दिन पनि तयार छु। पदिय मर्यादामा रहँदा केहि राजनीतिक व्यक्तिको नाताले गरेको छु, त्यो पनि आदेशले, हल्ला फैलाउने हो भने डिफेन्सका लागी म तयार छु। त्यसपछि, पत्रकारहरूको प्रश्नमा उहाँले जवाफ दिनुहुन्छ, कहाँ मैले कारबाही गरेको, सम्पूर्ण केन्द्रीय समिति सदस्यको मतले कारवाहि गरेको। मैले लोकतन्त्र मान्न पर्छ, पार्टीको विधि, पद्दति मान्न पर्छ। फेरी विधान उहाँ महामन्त्री आफैँले लेखेको।’

प्रकाशित: २० असार २०८१ ०९:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App