४ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारमा नरेश भण्डारी सर्वसम्मत सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (जुम्ला)ले नरेश भण्डारीलाई एकल तथा सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीभित्रको लामो छलफल र आन्तरिक मूल्यांकनपछि भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो।

भण्डारी २०६४ सालमा जुम्लाबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए। २०७४ सालको निर्वाचनमा उनी कर्णाली प्रदेशसभा सदस्य बनेका थिए। त्यसपछि कर्णाली प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका भण्डारी नीति निर्माण र प्रशासनिक सुधारका कार्यमा सक्रिय देखिएका थिए।

 

प्रकाशित: २४ पुस २०८२ १९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App