६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलामा अमेरिकी कारबाहीपछि क्यानाडाली विज्ञहरू चिन्तितः क्यानाडामाथि पनि सैन्य दबाब पर्न सक्ने आशंका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरेको पछिल्लो कारबाहीपछि क्यानाडामा डर र चिन्ताको वातावरण सिर्जना भएको छ। हालै अमेरिकी सेनाले भेनेजुएलामा प्रवेश गरी त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरेर न्युयोर्क लगेको थियो। यसैबीच, क्यानाडालाई अमेरिकाको ५१औँ राज्य बनाउनेसम्बन्धी ट्रम्पका पुराना भनाइ र धम्कीहरू फेरि चर्चामा आएका छन्।

क्यानाडाको प्रतिष्ठित पत्रिका द ग्लोब एण्ड मेल मा प्रकाशित एक लेखमा क्यानाडालीहरूले ट्रम्पले आफ्नो देशविरुद्ध पनि सैन्य दबाब प्रयोग गर्न सक्ने सम्भावनालाई गम्भीर रूपमा लिनुपर्ने उल्लेख गरिएको छ।

उक्त लेखका लेखक तथा क्यानाडाली प्राध्यापक थोमस होमर–डिक्सनले क्यानाडामाथि कुनै किसिमको सैन्य दबाब परे त्यसको मूल्य अत्यन्तै भारी पर्ने कुरा स्पष्ट हुनुपर्ने बताएका छन्।

प्रकाशित: २७ पुस २०८२ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App