नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जेलेन्स्कीहरु जन्माउने साम्राज्यवादी षड्यन्त्रबाट नेपाल राष्ट्रलाई जोगाउने सङ्कल्प गरौँ भनेका छन्। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सामाजिक सञ्जालमा पोखरेलले राष्ट्रियता र देशभक्तिको प्रश्नमा सम्पूर्ण नेपालीहरू एक ठाउँमा उभिनुपर्ने समय आएको बताए।
‘जेलेन्स्कीहरु जन्माउने साम्राज्यवादी षड्यन्त्रबाट नेपाल राष्ट्रलाई जोगाउने सङ्कल्प गरौँ,’ उनले लेखेका छन्, ‘ यस्तो अवस्थामा राष्ट्रियता र देशभक्तिको प्रश्नमा सम्पूर्ण नेपालीहरू एक ठाउँमा उभिनुपर्ने समय आएको छ।’
भाद्र २३ र २४ गतेका राष्ट्रघाती गतिविधिले नेपाल राज्य कमजोर बनाउने प्रयास भएको बताउँदै पोखरेलले यस्तो बेला राज्यप्रति नागरिकको भरोसा बलियो बनाउँदै राष्ट्र द्रोहीहरूलाई कडा सन्देश दिनु आवश्यक रहेको बताए।
प्रकाशित: २७ पुस २०८२ ०९:२६ आइतबार





