१३ असार २०८१ बिहीबार
image/svg+xml

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन् ।

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु

चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरिएको छ। भरतपुर–माडी–ठोरी सडकअन्तर्गत निकुञ्जभित्रको बाटो बिग्रिएपछि मङ्गलबारदेखि मर्मत गर्न थालिएको हो।

उप कि चुप?

मुलुकभरको ७५३ स्थानीय तहमध्ये ५६८ तहका उप महिला छन्। त्यसैले उपलाई चुप लगाउन खोज्नु भनेकै समग्रमा महिलाको नेतृत्व स्वीकार्न गाह्राे पर्नु हो।

अख्तियारको नजरमा फरार छन् मन्त्री र पूर्व मन्त्री

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नजरमा बहालवाला मन्त्री र पूर्वमन्त्री अटेरी देखिएका छन्।

काकीलाई विष खुवाएर हत्या गर्ने भतिजो २३ वर्षपछि पक्राउ

करिब २३ वर्षअघि खानामा विष हालेर काकी बुधनी देवीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई सोमवार पक्राउ गरेको हो।

बाढीले अधिकांश मेलम्चीवासीमा मानसिक समस्या

सिन्धुपाल्चोकको मेलम्चीमा तीन वर्षअघि आएको भीषण बाढीले गरेको वितण्डाका कारण ८५ प्रतिशत स्थानीयमा मानसिक समस्या देखिएको छ।

नेपालभाषा केन्द्रीय विभागमा ई-लाइब्रेरी

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।

कोइली चरीका झैं वनपाखामै सीमित तेजआङ्मुको लोकभाका

जुम्लाको अन्तिम गाउँ चोत्राकी तेजआङ्मु महताराको स्वर कोइली चरीका झैं चोत्रा गाउँका खेतबारी र वनपाखामा सीमित छ।

जाजरकोटमा मृत्यु भएकामध्ये ५० प्रतिशत बालबालिकाः छैन भूकम्पबाट जोगिने तालिम र शिक्षा

भूकम्पविद् डा मुकुन्द भट्टराई जाजरकोट भूकम्पबाट बालबालिका र वृद्ध वृद्धाको धेरै मृत्यु हुनुको कारण समयमा नै उपचार नपाउनु पनि भएको बताउँछन्।

महानगरपालिकामा पसल बन्द गराइदिनदेखि कोठा खालि गराउनेसम्मका उजुरी

काठमाडाै महानगरपालिका अन्तर्गत न्यायिक समितिमा अधिकांश उजुरीहरू पसलहरू बन्द गर्न, सटर खालि गरिदिन, कोठा खालि गराइदिन लगायतका रहेका छन्।

बैतडीबाट तीन जना युवती बेपत्ता

प्रहरी र परिवारजनका अनुसार जिल्लाको मेलौली नगरपालिकाकी २ जना र पाटन नगरपालिकाकी १ जना युवती बेपत्ता भएका हुन्।

स्मार्ट स्ट्रिट लाइट सहितको नमुना सडक बन्छ: मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सौन्दर्यकरण र स्मार्ट स्ट्रिट लाइट सहितको महानगरको नमुना सडक बन्ने कार्यमा महानगर अघि बढ्ने बताएकी छिन्।

सिद्धार्थनगरकी उपमेयर अधिकारी भन्छिन्ः साढे नियन्त्रणको तस्बिर देखिए जस्तो छैन

सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले भने नगरपालिकाले साँढेलाई ट्रकमा बाँधेर नघिसारेको बताएकी छिन्।

व्यवहारमा लागू गर्न नसके दिएको सम्मानको अर्थ रहँदैनः सुनिता डंगोल

'राष्ट्रिय विभूतिको रुपमा मान्यता दिइसकेपछि हामीले लिखित रुपमा मात्रै होइन कार्यान्वयन गर्न व्यवहारमा लागू गर्न महत्वपूर्ण छ। हामीले चलाउने डकुमेण्टहरुमा जबसम्म नेपाल सम्वत प्रयोग गर्न सक्दैनौँ, तबसम्म यसलाई राष्ट्रिय सम्वत, राष्ट्रिय विभूतिको मान्यता दिएको अर्थ नहुन सक्छ।'

सरकारी गाडी लिएर नाकामा घरायसी सामग्री किनमेल गर्न पुगिन् नगरपालिकाकी उपप्रमुख

उपप्रमुख सिंहले 'घरायसी प्रयोजनको सामग्री लिन सिमापारी जादैछौं' भनेर सिमाना खटिएका सशस्त्र प्रहरीलाई भनेकाे बिओपी मैनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। उनले भने, 'सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन। हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयाे।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्