coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बैतडीबाट तीन जना युवती बेपत्ता

बैतडी जिल्लाबाट तीन जना युवती बेपत्ता भएका छन्। 

प्रहरी र परिवारजनका अनुसार जिल्लाको मेलौली नगरपालिकाकी २ जना र पाटन नगरपालिकाकी १ जना युवती बेपत्ता भएका हुन्। 

मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन छिन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रुँदै गरेको भेटिएको र लक्ष्मी कोठामा नभेटिएको उनका देवर निराजन पोखरेलले जानकारी दिए। 

भाउजू लक्ष्मी सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ। सम्पर्कविहीन लक्ष्मीका श्रीमान् राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन्। उक्त दम्पतिका दुई छोरा छन्। 

यस्तै मेलौली नगरपालिका –१ जर्कु खैनी निवासी २० वर्षीय पार्वती खत्री नायक ६ दिनदेखि बेपत्ता छिन्। यही चैत १६ गते घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ। 

पार्वतीका श्रीमान् सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन्। पार्वतीलाई कसैले फेला पारेमा नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई खबर गरिदिन आग्रह गरिएको छ। 

जिल्लाको पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीय गोमती लाबड पनि ६ दिनदेखि बेपत्ता छिन् । यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुबा दिलीप लाबडले जानकारी दिए। चैत १५ गते देहिमाण्डौँ जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्। 

इलाका प्रहरी कार्यालयका प्रमुख नारायण पन्तले युवतीहरू बेपत्ता भएको जानकारी प्राप्त भएकाले खोजी जारी रहेको बताए। रासस

प्रकाशित: २१ चैत्र २०७९ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App