१२ असार २०८१ बुधबार
image/svg+xml
कला

नेपालभाषा केन्द्रीय विभागमा ई-लाइब्रेरी

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालको भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी पुस्तकलाई विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिएकी छिन्।

 बिहीबार त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागको ई-लाइब्रेरी उद्घाटन गर्दै उनले नेपालभाषाको साथमा नेपालकै भाषा, कला, साहित्य, संस्कृतिको साथमा नेपालसँग जोडिएका हरेक क्षेत्रको अध्ययन विश्वकै कुनाकाप्चामा बसेर गर्न सकिने गरी अघि बढ्नुपर्ने बताइन्।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा विभागले ई-लाइब्रेरी बनाएको हो। महानगरले ५० लाख रूपैयाँ उपलब्ध गराएको र पछि थप बजेट उपलब्ध गराउने प्रतिबद्धता पनि डंगोलले व्यक्त गरिन्।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्राध्यापक डा. राजनलाल जोशीले अहिले करीब चार हजार पुस्तकहरू ई-लाइब्रेरीमा अपलोड भइसकेको र यसमा नेपालभाषा, नेवार र नेपालकै भाषा, कला, साहित्य, संस्कृतिसम्बन्धी लेखिएका हरेक पुस्तकहरू, पुराना थेसिसलगायत ऐतिहासिक लिखित सामग्रीहरू खोजीखोजी यसमा ‘अपलोड’ गर्ने लक्ष्य रहेको जानकारी दिए।

प्रकाशित: २७ पुस २०८० ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App