२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

स्मार्ट स्ट्रिट लाइट सहितको नमुना सडक बन्छ: मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सौन्दर्यकरण र स्मार्ट स्ट्रिट लाइट सहितको महानगरको नमुना सडक बन्ने कार्यमा महानगर अघि बढ्ने बताएकी छिन्।

शनिबार आफ्नो आधिकारिक फेसबुकमा लेख्दै उनले सौन्दर्यकरण र स्मार्ट स्ट्रिट लाइट सहितको महानगरको नमुना सडक बन्ने कार्यमा महानगर अघि बढ्ने बताएकी हुन्।

उनले भरतपुर महानगरपालिकाका महत्त्वपूर्ण सडकहरू मध्य प्याकेज २ अन्तर्गतको शहिदचोक कचपचे चोक सम्मको सडक मध्य बाकी रहेको धर्मचोक-बैकुण्ठ चोक सडक खण्डको स्थलगत अनुगमन गरेको जानकारी दिएकी छिन्।

विविध कारणले सडक पिचको काम ढिलाई भएता पनि अबको २ दुई दिन भित्र उक्त सडक निर्माण सम्पन्न भएपछि भरतपुर महानगरपालिका सौन्दर्यकरण र स्मार्ट स्ट्रिट लाइट सहितको महानगरको नमुना सडक बन्ने  धारणा राखेकी छिन्।

प्रकाशित: २३ पुस २०७९ ०९:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App