१० असार २०८१ सोमबार
image/svg+xml
समाज

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष लम्सालको चेतावनी: माग पूरा नभएसम्म काठमाडौंमा पानी पठाउँदैनौँ

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल

हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले हेलम्बु—मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएकी छिन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु-मेलम्चीवासीका मागहरू पूरा नगरेसम्म पानी नपठाउने बताएकी हुन । उनले सरकारले बारम्बार हेलम्बुवासीका मागहरूको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौं पठाउने अडान लिइन ।

उनले स्थानीहरूले वर्षा याममा आफूहरूलाई आवत जावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भने पनि सरकारले बेवास्ता गरिरहेको आरोप लगाइन।

उनले अबको बजेटमा सरकारले हेलम्बु—मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताइन । उनले विद्यालय स्तरमै विपद् शिक्षा हुन जरुरी भइसकेको पनि  बताइन । उनले एक वर्षको ६ देखि १० करोड बजेट विपद्मा खर्च गर्नुपर्दा गाउँपालिकाको विकास योजनाअनुसार गर्न नसकेको  बताइन । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का विज्ञ सदस्य तथा विपद् व्यवस्थापन विज्ञ डा.गङ्गालाल तुलाधरले हेलम्बु-मेलम्चीवासीका जायज मागहरू पनि सरकारले पूर्ण रुपमा गर्न नसकेको बताए । उनले त्यहाँका स्थानीयहरुलाई जोखिमपूर्ण स्थानहरूबाट सारेर व्यवस्थित बनाउनका लागि दिने भनिएको रकमहरू पनि दिन नसकेको बताए । उनले कोप २८ मा समेत हेलम्बु मेलम्चीको कुरा ज्वलन्त ढंगले उठाएको बताए। उनले हेलम्बु—मेलम्चीमा अहिले पनि ठूलो वर्षा भए फेरि पनि जोखिममा पर्न सक्ने, बाढीबाट बग्नुपर्ने परिस्थिति रहेको बताए ।

उनले सरकार मेलम्ची—हेलम्बुका जोखिम क्षेत्रहरूमा आवश्यक ध्यान दिनबाट चुकिरहेको बताए  । 

प्रकाशित: २२ जेष्ठ २०८१ १४:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App