१६ असार २०८१ आइतबार
image/svg+xml

नेपालमा हिन्दु-मुस्लिमबीचको द्वन्द्व चर्काउने प्रयास भइरहेको छः अन्सारी

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, नेपाल प्रहरीका प्रतिनिधि, मानव अधिकार आयोगका प्रतिनिधि, राष्ट्रिय दलित आयोगका प्रतिनिधिहरुको उपस्थिति थियो।

न्यायिक समितिमाथि महानगरवासीको आशा र भरोसा बढ्दै गएको छ: उपमेयर कार्की

मतलब जनतामा स्थानीय सरकारप्रतिको आशा र भरोसा धेरै नै छ। जनतासित प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा अत्यन्तै खुसी लाग्छ। बिहान उठेदेखि नसुतुञ्जेलसम्म जनताकै काममा हुन्छौं।

आठ आमालाई बरहथवा नगर प्रमुख कटुवालले गरिन् सहयोग

कुनै पनि देशको लागि संविधान दिवस विशेष दिन नै हुने भएको र विशेष अवसरको दिन आमा बन्नु हुनेलाई सम्मान गर्दै केही सहयोगस्वरुप आफूले प्रति आमा दुई हजार पाँच सय रुपैयाँको दरले सहयोग गरेको बताएकी छन्।

व्यवसायी दर्ता र करको दायरा बढाउने काममा सहजिकरण गरिन्छः उपप्रमुख डंगोल

उनले अहिले काठमाडौँ महानगरभित्र व्यवसाय दर्ता नगरी सञ्चालनमा आएको गुनासो आइरहेको भन्दै करको दायराको विषय उपप्रमुखको अधिकार पनि भएकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाइन्। उपप्रमुख डंगोलले महानगरमा व्यवसाय दर्ता गर्दा तथा करको विषयमा विभिन्न असहजता रहेको विषयमा व्यवसायी र महानगर बसेर छलफल गर्ने बताइन्।

उपमेयर डंगोलद्वारा बागमती सभ्यतालाई जाली तथा उपकरण हस्तान्तरण

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँको तर्फबाट काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौँका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन्।

उपमेयर डंगोलद्वारा धुलिखेल अस्पताल अवलोकन

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

कोरोना संकटमा भरोसा बन्दै गंगा

कोरोनाको दोस्रो लहरमा जुम्ला तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्याय संक्रमित व्यवस्थापनमा निकै खटिएकी छिन्। उनी संक्रमितको घरमै पुगेर संस्थागत आइसोलेसनमा बस्न आग्रह गर्छिन्। यहाँका घर होम आइसोलेसन बनाउन लायक छैनन्। घरमा बस्दा परिवारै संक्रमित हुन सक्ने खतरा भएकोले गाउँपालिकाले बनाएको संस्थागत आइसोलेसनमा बस्नको लागि सुझाउँछिन्।

ट्रम्पको निम्तो अस्वीकार

अमेरिकाकी स्ट्राइकर मेघन रापिनोईले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला विश्वकप विजेता टोलीलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिए पनि आफूहरू त्यो निम्तो स्वीकार गर्ने पक्षमा नरहेको बताएकी छिन्।

नगरपालिकाकी उपप्रमुख दुर्घटनामा घाइते

कास्कीको पोखरा लेखनाथ उपमहानगरपालिका ३२ तल्लो गगनगौँडामा भएको सवारी दुर्घटनामा परी पर्वतको कुश्मा नगरपालिकाकी उपप्रमुख सीता काफ्ले लामिछाने घाइते भएकी छन्।

काठमाडाैँ ३ मा नेकाकी अम्बिका बस्नेत अगाडि

काठमाडौ क्षेत्र नं ३ मा नेकाकी अम्बिका बस्नेतकाे पक्षमा २९ प्रतिशत, नयाँ शक्तिका उद्धब बहादुर सुवेदीकाे पक्षमा १७ प्रतिशत र नेकपा एमालेका कृष्ण बहादुर राईको पक्षमा १७ प्रतिशत मतदाता देखिएका छन् ।

वीरगन्ज महानगरपालिकाकी उपमेयर: सबैकी शान्ति दिदी

नेपाली कांग्रेसमा माग र दाबीबीच उम्मेदवारी टुङ्ग्याउन समस्या भएको बेला बाध्यतावश वीरगन्ज महानगरपालिकाको उपमेयरको टिकट पाइन्, ८७ वर्षे शान्ति कार्कीले । पैसाको खोलो बगाइएको भनिएको स्थानीय तह निर्वाचनमा आस्थाको राजनीतिमा ७० वर्ष बिताएकी, समाजिक परिवर्तन र महिलाहरुको आर्थिक समाजिक तथा राजनीतिक उत्थानका लागि उमेर खर्चेकी कार्कीले पैसा खर्चने न सवाल थियो न जोहो । उमेरसँगै छालामा थपिएका अनेक धर्सायुक्त अनुहार, चाउरिएका गाला र परेली अनि दुब्लो ज्यान लिएर टोल टोलमा उनी उपस्थित मात्र भइदिइन् । न हारको भय न जितको लोलुपता उनीसँग थियो । थियो त, मात्र एउटा निश्चल मुस्कान ।

विपन्न बालबालिकाकी 'आमा'

बानेश्वरवासी प्रकृतिले काठमाडौं र ललितपुरका विभिन्न सरकारी स्कुलमा पढ्ने १७ जना बालबालिकाको मासिक शुल्क, किताब, कापी, स्कुल डे्रस, खाजा खर्चलगायतको व्यवस्था गर्दै आएकी छिन्।

अाफ्नै काकीद्वारा तीन वर्षीय भतिजको घाँटी थिचेर हत्या

सप्तरीको पातो– ७ मा आफ्नै तीन वर्षीय भतिजाको घाँटी थिचेर हत्या गर्ने एक महिलालाई प्रहरीले आज पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्