२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

उपमेयर डंगोलद्वारा बागमती सभ्यतालाई जाली तथा उपकरण हस्तान्तरण

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई सफाई औजार तथा विरुवा सुरक्षा जाली सहयोग गरिएको छ। ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जाली तथा सफाई औजार सहयोग गरेको हो।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँको तर्फबाट काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौँका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई ती जाली तथा उपकरणहरु हस्तान्तरण गरेकी हुन्।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाई औजार तथा उपकरणहरु प्रदान गरेको जानकारी गराए। कार्यक्रममा उपमेयर डंगोल, ग्रिल तथा स्टिल व्यवसायी संघका केन्द्रीय अध्यक्ष मोहन कटुवाल, बागमती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौँका अध्यक्ष तिमिल्सिनालगायतले बागमतीलाई जोगाउनुपर्ने आवश्यकतामाथि जोड दिए।

कार्यक्रममा उपमेयर डंगालले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौँको कार्यालय परिसरमा वृक्षारोपण पनि गरेकी थिइन्। कार्यक्रममा सहयोग गर्ने सहयोगी हातहरुलाई मायाको चिनो पनि वितरण गरिएको थियो।

प्रकाशित: ३० भाद्र २०७९ १२:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App