१२ मंसिर २०८१ बुधबार
image/svg+xml

माटोरहित खेतीमा आकर्षण बढ्दै

पोखरामा ग्रीन हाउसमा खेती गरेका नरहरि राईले एक साताअघि मात्र हाइड्रोपोनिक्स विधि अर्थात् माटो विना नै खेती गर्ने तरिका अपनाए। जग्गा नभएको मानिसका लागि उपयोगी विधि भएकाले उनले ३८ हजार रुपैयाँ लगानी गरी हाइड्रोपोनिक्सलाई जडान गरेका हुन्।

किसानको फसल 'घुइँयाको भाउ'

वसन्ते तरकारी खेती गरेर राम्रो उत्पादन लिउँला सोचेका किसानको फसलको मूल्य अहिले ‘घुइँयाको भाउ’ भएको छ। चलनचल्तीको भाषामा समाजमा सबैभन्दा सस्तो र हेँलाका रुपमा पिँडालुलाई ‘घुइँयाको भाउ’ भाउ भनेर सम्बोधन गरिँदै आएको छ। हो, अहिले त्यही पिँडालु (घुइँयाको भाउ) भन्दा पनि सस्तो मूल्यमा किसानले तरकारीको मूल्य तोक्दा समेत बिक्न छोडेको छ।

हावाहुरीले केरा खेतीमा लाखौंको नोक्सानी

गएराति आएको हावाहुरीले कैलालीमा लाखौंको केराखेती नष्ट गरेको छ । हावाहुरीले घारी लाग्ने अवस्थामा रहेका केराका बोट ढालेको छ । हावाहुरीले जिल्लाको टीकापुर, धनगढी, चौमाला लगायतका क्षेत्रमा बढी क्षती पुर्याएको छ ।

'अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार'

दिनप्रतिदिन सुर्खेतमा कोभिड–१९ फैलिँदो छ। अस्पतालमा अक्सिजन अभाव हुँदा कोरोना संक्रमितको उपचारमा उस्तै समस्या छ। अक्सिजन अभावमा मृत्यु दर पनि बढ्दो छ। अक्सिजन अभाव हुँदा उपचारमा समस्या हुन नदिन र अकालमै नागरिकको ज्यान जान नदिन सुर्खेती युवाहरुले ‘अक्सिजन सिलिन्डरका लागि मेरो एक हजार’ अभियान सुरु गरेका छन्।

व्यावसायिक कागती खेती गर्दै सरकारी अधिकृत

सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख दुर्गा घिमिरे व्यावसायिक कागती खेतीमा जुटेका हुन्। ‘कृषि कर्म गर्न धेरै लगानी गर्नु पर्दैन,’ उनले भने, ‘थोरै लगानी मिहिनेत धेरै गर्न सके कृषिबाट सफलता पाइन्छ।’ उनले झन्डै १२ लाख रूपैयाँ लगानी गरेर व्यावसायिक कागती खेती सुरु गरेका हुन्।

स्याउ खेती बिमामा किसानको आकर्षण

यो वर्ष कर्णालीका किसानले साढे २ करोड रूपैयाँ बराबरको बिमा रकम भुक्तानी पाएका छन्। खराब मौसमले गर्दा स्याउ फलेन। किसानले बिमा गरे। क्षतिपूर्ति स्वरूप बिमा रकम पाए। ‘स्याउ खेती बिमा सुरु भएपछि हामीलाई निकै फाइदा पुगेको छ,’ पातारासी गाउँपालिकाका स्याउ किसान अधिराज बिष्टले भने।

मार्सी धानको खेती सुरु, कसरी गरिन्छ खेती?

जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धानमध्ये मार्सी खेती सुरु भएको छ। नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ। यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन्। धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए।

आगलागीले १५ लाख रुपैयाँ मुल्यको च्याउखेती नष्ट

गोरखा नगरपालिका–१० छेवेटार स्थित च्याउ घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ भन्दा बढि मूल्यको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमबार राती करिब १२ बजेतिर आगो लागेको फर्मका संचालक सिता दराईले बताईन् ।

सुक्न थाले सुन्तलाका बोट

पछिल्ला केही वर्षयता बारीमा फल्नै लागेका सुन्तलाका बोट सुक्न थालेको बताउँदै लखुडाका किसान शेरबहादुर धामीले भने, ‘पुराना बोटहरू सबै सुकिसके, नयाँ पनि फस्टाएका छैनन्।’ बछैन, मान्नाकापडी, घाङल, लानाकेदारेश्वर र गडसेराका किसानले सुन्तलाका बोट सुक्न थालेको बताउँदै बताए।

सुन्तला खेतीले उकासियो राखु

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखुका किसानले परम्परागत खेती लगाउन छाडेर व्यवसायिक सुन्तला खेती गर्न थालेका छन् ।

गजडी गफ होइन गाँजा खेती

एक समय खतरनाक लागुऔषधका रूपमा लिइने गाँजाप्रतिको दृष्टिकोण समयसँगै परिवर्तन भएको छ । अहिले अमेरिकी तथा युरोपका थुप्रै सहरमा गाजा खुला गरिएको छ । अन्य देशले पनि गाँजासम्बन्धी नियम खुकुलो बनाउँदै गएका छन् । बंगलादेश, चिली, मेक्सिको, क्यानडा, स्पेन आदि देश गाँजा प्रयोगमा उदार हुँदै गएका छन् ।

१६ बिघामा लगाइएको गाँजाखेती नष्ट

नारायणखोलामा किसानले लगाएको करिब १६ बिघाको अवैध लागुऔषध गाँजाखेती नष्ट गरिएको छ। लालबन्दी नगरपालिका–१४ मा पर्ने जिल्लाकै दुर्गम भेग नारायणखोलामा व्यावसायिकरुपमा ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको सूचना पाएलगत्तै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरसहितको टोली सो गाँजाखेती नष्ट गरेको हो।

आम्दानीको स्रोत बन्दै च्याउ खेती

धादिङको गजुरी गाउँपालिका वडा नं ५ राईगाउँका मोहन राईले दुई वटा टनेलमा च्याउखेती गरेका छन्। तीन वर्ष अघि च्याउखेती गर्ने तरिकाको बारेमा तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रुपमा खेती सुरु गरेको राईले बताए।

व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी

भोजपुरको तिम्मामा व्यावसायिकरूपमा सतुवा खेती सुरु गरिएको छ। दश वर्षअघि परीक्षणको रुपमा गरिएको सतुवा खेती सफल भएपछि भोजपुर तिम्माका सङ्गम राईले व्यावसायिकरूपमा नै सतुवा खेती सुरु गरेका हुन्।

‘गाँजाखेतीलाई वैधानिक बनाएर कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको सुरूवात गरौं’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले गाँजाखेतीलाई वैधानिक बनाउने सम्बन्धी कानूनलाई अध्यादेशमार्फत टुङ्गोमा पुर्‍याउन सरकारसँग आग्रह गरेका छन्। साथै उनले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको समेत सुरूवात गर्नुपर्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्