१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आगलागीले १५ लाख रुपैयाँ मुल्यको च्याउखेती नष्ट

आगलागीले ध्वस्त भएको गोरखाको छेवेटारको च्याउ फर्म । तस्विर ः नागरिक

गोरखा नगरपालिका–१० छेवेटार स्थित च्याउ घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ भन्दा बढि मूल्यको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमबार राती करिब १२ बजेतिर आगो लागेको फर्मका संचालक सिता दराईले बताईन् ।  

‘टिप्ने बेला भएको च्याउ थियो, करिब एकसय पोकाको लागि बिउ पनि थियो,’ उनले दुखेसो गर्दै भनिन् ‘सबै टिपेर बिक्री गर्न पाएको भए १५ देखि १८ लाख रुपैयाँ कमाई हुन्थयो ।’ घर भन्दा केही पर च्याउका लागि टनेल बनाएर उनले खेती गर्दै आएकी थिईन । आगो कसरी लाग्यो भन्ने यकिन भएको छैन ।  

च्याउ खेतीबाट गुजारा गर्दै आएका सिताको परिवार आगलागीले सबै सखाप भएपछि समस्यामा छिन् । लामो समयदेखि च्याउ खेती गर्दै आएका सिताको श्रीमान दृष्टिबिहीन छन् । श्रीमान बिष्णु दराईले च्याउ खेतीमा श्रीमतीलाई काममा सघाउँथे । च्याउ खेतीबाट गत वर्षहरुमा वार्षिक आठ–नौ लाख रुपैयाँ आम्दानी गर्दै आएका उनीहरुले यस वर्ष खेती बिस्तार गरेका थिए । दुई सन्तान सहित चार जनाको परिवार च्याउकै भरमा गुजारा गर्दै आएको सिताले बताईन् ।  

यो वर्ष टिप्ने बेला भएको च्याउ सबै जलेर खरानी भएपछि उनी निराश छिन् । घरबाटै प्रतिकिलो दुईसय रुपैयाँमा उनले कन्ये च्याउ बिक्री गर्दै आएकी थिइन् । २०६६ सालदेखि सुरु भएको उनको च्याउ खेती अहिले व्यवसायिक रुपमा अगाडि बढिरहेको थियो थियो । लाखौं रुपैयाँ खर्चेर यस वर्ष धेरै फाईदा लिने योजना सहित काम गरेकाी सितालाई आगोले च्याउ सखाप बनाईदिएपछि निराशा बढेको छ । ‘एकझिल्को आगोले सबै खरानी भयो,’ उनले भनिन् ‘राती १२ बजे गाउँलेहरु पनि आए, हामीले पनि आगो निभाउने प्रयास ग¥यौं  तर सकेनौं ।’ दुई छोरा र श्रीमानको पालनपोषण, शिक्षा, घरखर्च सबै च्याउ बेचेर आएको आम्दानीले चलाउँदै आएका उनको परिवारलाई अब गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताएको छ । 

प्रकाशित: ४ चैत्र २०७७ ०८:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App