२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

क्षमताभन्दा दोब्बर कैदीबन्दी, संक्रमण भयावह

संक्रमित कैदीलाई कीर्तिपुरस्थित आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ। संक्रमित सुरक्षाकर्मीलाई दहचोकस्थित आइसोलेसन पठाइएको छ।

बाँदरलाई हानेको गोली बालकलाई लाग्यो !

ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङलाई लागेकाे हाे ।

विराटनगरमा एक कैदी बन्दीको मृत्यु

मोरङ जिल्ला कारागारमा रहेको एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु भएको छ। २०७६ फागुन २२ गतेदेखि चोरी मुद्दामा कारागारमा कैदी बन्दी रहेका २६ वर्षीय फुर्वासिंह तामाङलाई राति एक्कासी पेट दुख्ने र श्वासप्रश्वासमा समस्या भएको थियो।

नाममात्रको सीमा बन्द

सीमापारि भारतीय क्षेत्रका बजार खुलिसकेका छन् । दैनिक उपभोगका सामान किन्न पारिको बजार जानेको संख्या बढ्न थालेको छ ।

बन्दाबन्दी खुलेपछि सीमामा तस्करी वृद्धि

बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले २० लाख रुपैयाँ भन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ ।

बन्द रंगशालामा ओलम्पिक हुँदैन: ताकाया

एक वर्ष पछि सरेको टोकियो ओलम्पिक–२०२१ का प्रवक्ता मासा ताकायाले मंगलबार बन्द रंगशालामा ओलम्पिक खेल हुन नसक्ने बताएका छन्।

जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाएका छन् ।

रौतहटको सबैभन्दा ठूलो उद्योग बन्द

रौतहटको सबैभन्दा ठूलो उद्योगको रुपमा रहेको गरुडास्थित श्रीराम सुगर मिल्स लिमिटेड बन्द भएको छ ।

बन्दाबन्दीका बेला दुर्घटनामा कमी, घट्यो ज्यान गुमाउनेको सङ्ख्या

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नपाओस् भनी सरकारले देशभर लगाएको चार महिना लामो बन्दाबन्दीका बेला चितवनमा सवारी दुर्घटनामा कमी आएको छ । जिल्लामा दुर्घटनाको सङ्ख्या घटेपछि दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पनि घटेको छ ।

वरिष्ठताका आधारमा पदाधिकारी नियुक्तिको माग गर्दै तालाबन्दी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारी नियुक्ति जेष्ठता र प्राज्ञिक वरिष्ठताका आधारमा गर्न माग गर्दै प्राध्यापकहरूले उपकुलपति, रजिष्ट्रार र रेक्टरको कार्यालयमा तालाबन्दी गरेका छन्।

उत्तरी म्याग्दीमा विद्युत आपूर्ति बन्द

उत्तरी म्याग्दीमा सोमबार साँझदेखि विद्युत अवरुद्ध भएको छ । लगातार बर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहावले विद्युत आपूर्तिमा क्षति पुगेपछि बेनी नगरपालिका–९ गलेश्वरसहित रघुगंगा, अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द भएको विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ ।

पहिरोले जताततै सडक बन्द, सडकमै रोकिए यात्रु

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा ब्यापक क्षति पुगेको छ । प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ । कालोपत्रे गरिएको सडक समेत पहिरोले बगाएको छ ।

पाँच महिनादेखि बेपत्ता शिवरामको साथीबाटै हत्या

पाँच महिनाअघि सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका बराहताल गाउँपालिका–१ का शिवराम रानालाई उनकै साथीहरुले हत्या गरेको खुलेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्