२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नेपाल मेडिकल कलेजमा तालाबन्दी

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले करार सेवामा कार्यरत कर्मचारीलाई रोजगारीबाट निकालेको विरोधमा स्वतन्त्र कर्मचारी युनियनले अस्पतालको प्रशासन शाखामा ताला लगाइदिएका छ ।

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोलिदैन : सञ्चारमन्त्री

भारतीय न्यूज च्यानलहरुमाथिको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

विश्वविद्यालयलाई बन्दाबन्दीले देखाएको विकल्प

निःसन्देह कोभिड–१९ संकटले हामी उभिएको आर्थिक भूमिमा तीव्र र दीर्घकालीन परिवर्तन ल्याउनेछ। तर, यो महामारीले थप उत्तम र व्यापक उच्च शिक्षातिर हामीलाई डो¥याउ“छ भने यसबाट डराइरहनुपर्ने कुनै कारण छैन।

बन्दाबन्दीमै छापियो साढे तीन लाख अनुमतिपत्र

यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ। चालु आवको अहिलेसम्म साढे छ लाख अनुमतिपत्र छापिएको छ।

सरकार निर्णय गर्छन, व्यवहारमा लागू गर्दैनन्

प्रादेशिक प्रयोगशाला जनकपुरमा आरटि पीसीआर विधिबाट गरिँदै आएको कोरोना भाइरस(कोभिड–१९) परीक्षण मंगलबारबाट बन्द भएको छ । प्रदेश सरकार आरटि पीसीआर मेसिन थप्ने निर्णय गरिरहँदा संचालनमा रहेको प्रयोगशाला सामान अभावले बन्द भएको छ ।

बन्दाबन्दीले ६ लेन सडक निर्माण कार्य सुस्त

सरकारको प्राथमिकता प्राप्त आयोजना धनगढीको मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण कार्यको भौतिक प्रगति ६३ प्रतिशत पूरा भएको छ।

‘कलेज बन्द छ, कमाई पनि छैन, बाच्न ग्राहो भयो, घर फर्काइदिनुस्’

कोभिड–१९का कारण लामो समय सम्मको लकडाउनले गर्दा भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थीहरू बेखर्ची भएका छन् । आर्थिक संकटका कारण उनीहरूको जिविका धान्न नसक्ने भएको छ । लकडाउनका कारण कलेजहरू सबै बन्द छन् र काम समेत गर्न नपाएपछि विद्यार्थीहरूलाई खर्च धान्नै चुनौती बनेको छ ।

कैदीमा कोरोना भेटिएपछि कारागारमा त्रास

एक बन्दीमा कोरोना संक्रमण भेटिएपछि सिन्धुपाल्चोक जिल्ला कारागारमा त्रास फैलिएको छ । कडा सुरक्षाबीच बन्द कारागारमै संक्रमित भेटिएका कारण अन्य कैदीबन्दीसँगै सुरक्षाकर्मी पनि त्रसित छन् । संक्रमितसँगै खाइखेली गर्ने कारागारका अरु एक सय २१ कैदीबन्दी आतंकित बनेका छन् ।

नगरपालिकामा तालाबन्दी

नेपाली काँग्रेस निकटका जनप्रतिनिधिले गैँडाकोट नगरपालिकामा तालाबन्दी गरेसँगै सेवाग्राही मर्कामा परेका छन्। नगर प्रमुख छत्रराज पौडेलले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नीति तथा बजेट असार १६ गते पारित गरेपछि केही नगरसभा सदस्य असन्तुष्ट हुँदै नगरपालिकामा ताला लगाएका थिए।

गोदावरीका बजार तथा पसल बन्द

गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ।

प्रदेश २ : आवश्यक सेवामा बन्द हडताल गर्नेलाई ५० हजारसम्म जरिवाना

प्रदेश २ सरकारले आवश्यक सेवामा बन्द हडता्ल निषेध गर्ने व्यवस्था सहित विधेयक ल्याएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक सेवामा हड्ताल गर्नेलाई जरिवाना सहित प्रदेश आवश्यक सेवा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गरेको हो ।

लकडाउनमा रमाइलो

हाँस्दै आर्याले भनिन, ‘यहाँ पार्क छैन । यहाँ त खेतबारी छ । हाम्रा खेतमा मकै फलेका छन् । काँक्रा फलेका छन् । आँप ठूल्ठूला भएका छन् । कति रमाइलो छ । अब केही दिनपछि धान रोप्ने बेला हुन्छ, झन् रमाइलो हुन्छ ।’

बन्दाबन्दीकोे समयमा १ सय ९ बलात्कारका घटना

बन्दाबन्दीको समयमा मुलुकभर १ सय ९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७ सय ३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन्

बायोग्यास प्लान्टमा बन्दाबन्दीको प्रभाव

‘उत्पादन बन्द गर्दा ब्याक्टेरिया मर्ने भएकाले उत्पादन रोक्नै मिल्दैन,’ उनले भने, ‘न्यूनतम उत्पादन गर्दा पनि दैनिक ती सय सय किलो ग्यास खेर फाल्नुपर्ने बाध्यता छ ।’

कोरोना जोखिम हुन नदिन कनकाई नगर बन्द

झापाको कनकाई नगरपालिकाका वडा नं १ देखि ७ सम्मका सम्पूर्ण क्षेत्रलाई बन्द गरिएको छ। क्वारेन्टाइनमा बसेकी एक महिलामा कोरोना पुष्टि भएपछि थप जोखिम हुन नदिन सो नगरपालिकाले आजदेखि यही असार १३ गतेसम्मका नगरक्षेत्रका सम्पूर्ण कार्यालय, व्यवसाय र बजार बन्द गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्