२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गोदावरीका बजार तथा पसल बन्द

गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ।  

गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएसँगै  नगरपालिकाले सो आग्रह गरेको हो । नगरप्रमुख  गजेन्द्र महर्जनले भने, सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको आज स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ। परीक्षणको रिपोर्ट नआउँदासम्म बन्दका लागि आग्रह गरेका हौँ।  

कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गइरहेका अवस्थामा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अपील समेत गरेको छ। 

प्रकाशित: १८ असार २०७७ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App