राहदानीको छानबिन नहुँदै लामिछानेलाई गृहमा फर्काउने तयारी
६ महिनासम्म संघीय संसद्को सदस्य नभए पनि मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थामा टेक्दै लामिछाने फेरि उपप्रधान तथा गृहमन्त्रीमा नियुक्तिको दौडधुपमा लागेका छन्। तर प्रधानमन्त्री पुष्पकमल दाहाल भने राहदानी विवाद नसल्टिएसम्म उनलाई सरकारमा ल्याउने पक्षमा छैनन्।