१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गृहमन्त्री लामिछानेको नागरिकताबारे मुद्दामा सुनुवाइ सकियाे,अर्को सुनुवाइ हुँदै

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ।

कामु प्रधान न्यायायाधी हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले उनीविरूद्ध परेका मुद्दाको सुनुवाइ गरेको हो। अहिलेसम्म अधिवक्ता रविराज बसौलाले दिएको मुद्दामा सुनुवाइ सकिएको छ भने युवराज पौडेलले दिएको मुद्दामा सुनुवाइ भइरहेको सर्वोच्च अदालतले जानकारी दिएको छ।  

यी मुद्दामा सुनुवाइ भइरहेकाले संवैधानिक इजलासले आज अन्य मुद्दाहरू हेर्न नभ्याइनेमा राखेको छ।  

अधिवक्ता रविराज बसौला, युवराज पौडेल लगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछानेको प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए।

नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग रिट निवेदनमा छ।

अमेरिकी नागरिकता त्याग नगरी झुटा विवरण पेश गर्दै नेपाली राहदानी बनाएको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको थियो। तर उनी गत पुस ११ मा उपप्रधान र गृहमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: २२ पुस २०७९ ०७:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App