५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

रास्वपाको सभापति फेरि रविलाई बनाउने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ।

रविले आज पुनः नागरिकता लिएसंगै उनलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरिएको हो।

त्यसका लागि रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक आज दिउँसो ३ः३० बजे बस्दै छ।  

१३ माघमा सर्वोच्च अदालतको आदेशपछि रविको सांसद पदसँगै पार्टी सभापति पद पनि गुमेको थियो।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले पुन नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन्।  

प्रकाशित: १५ माघ २०७९ ०९:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App