५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्रालय नछाड्ने रास्वपाको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफ्नै पार्टीले पाउनुपर्ने निष्कर्ष निकालेको छ।

आइतबार बसेको केन्द्रीय समिति बैठकले रवि लामिछानले पदबाट राजीनामा दिइसकेपनि सो मन्त्रालयको जिम्मेवारी फेरि पार्टीले नै पाउनुपर्ने निष्कर्ष निकालिएको हो।

बैठकले रवि लामिछानेलाई केन्द्रीय समितिमा मनोनीत गर्दै सभापतिमा चयन गरेको प्रवक्ता मुकुल ढकालले बताए।

'गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जिम्मेवारी हो,यसको निर्णय गर्ने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीमै छ' उनले भने, 'जुन समस्या हामीकहाँ आएको थियो, हामीले समाधान गरेका छौँ। अन्य दलले आफ्नो तरिकाले बुझ्न जरुरी छैन।'  

लामिछानेले नागरिकता पुनः प्राप्ति प्रक्रिया पुरा गरिसकेपछि उनी नै सरकारमा जाने या नयाँ व्यक्तिलाई पठाउने भन्नेबारे स्पष्ट गरिनसकेको र उक्त अधिकार सभापतिलाई दिएको उनले बताए।  

प्रकाशित: १५ माघ २०७९ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App