१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले सरकारलाई विश्वासको मत दिन अन्य पार्टीलाई आग्रह गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारलाई विश्वासको मतको लागि अन्य राजनीतिक दलहरुलाई आग्रह गर्ने निर्णय गरेको छ।

आइतबार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले बैठकमा सरकारले प्रस्तुत गर्न लागेको न्युनतम साझा कार्यक्रमका बारेमा छलफल गरेको बताए। उनले बैठकमा पार्टीका तर्फबाट महामन्त्री एवं न्युनतम साझा कार्याक्रम कार्यदलका सदस्य मुकुल ढकालले न्युनतम साझा कार्यक्रमका बारेमा जानकारी गराएको बताए।

उनले न्युनतम साझा कार्यक्रममा आफ्नो पार्टीले अघि सारेका मुद्दाहरु स्थापित भएको बताए। साथै बैठकमा नवनिर्वाचित सांसदहरुले आफ्नो गृहजिल्लाको भ्रमण गरेको बारेमा पनि जानकारी गराएको बताए।

सांसद परियारले पार्टीको संसदीय दलको बैठक सोमबार बिहान १० बजे पुनः बस्ने बताए।  

प्रकाशित: २४ पुस २०७९ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App