राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टीको पहिलो धुन यो संसदले सुन्ने बताएका छन्।
संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले सांसद र जनताले घण्टीको पहिलो धुन सुन्ने बताएका हुन्।
उनले भने,‘ हामिले प्राप्त गरेको विश्वास एउटा दललाई वा उम्मेदवारलाई दिएको मत मात्र होइन। यो मुलुकमा अब परिवर्तन आवश्यक छ भनेर नेपाली जनताले बझाएको घण्टीको यो ध्वनीलाई यो संसद र सिङगो राष्ट्रले सन्ने छ। र यो संसदले नेपाली जनताको हित र मुलुकको हितको लागि सदुपयोग गर्ने छ भन्ने विश्वास राखेको छु।’
प्रकाशित: २५ पुस २०७९ ०८:२८ सोमबार