१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इन्दिरा राना मगरलाई उपसभामुखकाे उम्मेदवार बनाउने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले मगरलाई अघि सार्ने निर्णय गरेको हो।झापाकी मगर समानुपातिक सांसद हुन्। यसअघि सोविता गौतमको चर्चा थियो।

सत्ता गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ। सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन्।

संवैधानिक व्यवस्थाअनुसार सभामुखरउपसभामुखमा एकजना महिला अनिवार्य छ।

प्रकाशित: ६ माघ २०७९ ०५:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App