२१ असार २०८१ शुक्रबार
image/svg+xml

पुनर्निर्माणमा प्रगति

सरकार हाँक्नेहरूले आर्थिक र राजनीतिक लाभहानि बिर्सेर मुलुक पहिलो हो भन्ने भावनाका साथ काम गरे भूकम्पपछिको पुनर्निर्माणमा जस्तै नियमित भौतिक पूर्वाधारका सरकारी काममा पनि नतिजा देखाउने सकिनेमा कुनै शंका छैन।

विज्ञलाई राजदूत बनाए आर्थिक कूटनीति सफल हुने: उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बन्धित देशबारे राम्रो ज्ञान भएका व्यक्तिलाई राजदूत बनाएर पठाए विकसित र सम्पन्न मित्रराष्ट्रसँगको आर्थिक कूटनीति प्रभावकारी हुने बताएका छन्।

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना, आईसियूमा उपचार हुँदै

रगतमा संक्रमण देखिएपछि क्लिन्टनलाई मंगलबार क्यालिफोर्नियास्थित एक अस्पतालमा भर्ना गरिएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

नारायणगढ – बुटवल सडक खण्ड विस्तार : साढे दुई वर्षमा ८ प्रतिशत प्रगति

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ चैत ८ मा पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटबल–नारायणगढ खण्ड विस्तार आयोजनाको भव्य कार्यक्रमबीच शिलान्यास गरेका थिए। त्यसको झण्डै साढे दुई वर्ष बित्दा समष्टिगत भौतिक प्रगति जम्मा चार प्रतिशत देखिएको छ।

४३ पिन्ट रगत संकलन

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित विराट चोकमा रहेको पिएलओले बुधबार २१ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।

रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

पुँजीगत खर्चमा प्रदेशको प्रगति

दुई प्रदेशलाई छाड्ने हो भने गत वर्ष अरू सबै प्रदेशको खर्च ७० प्रतिशत नाघेको छ। बजेट खर्चको यो तस्बिरले प्रदेश र स्थानीय तहले संघबाट काम गर्न सिक्नुपर्छ भन्ने मान्यतालाई चुनौती दिएका देखिन्छ।

सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित ठाडेमा रहेको ठाडे प्रगतिशील कृषि सहकारीमा अपांगतामैत्री नगद काउन्टर निर्माण गरिएको छ।

धादिङ अदालतमा ७ सय २५ मुद्दा फैसला हुन बाँकी

‘कोरोना भाइरसको संक्रमणका कारण जारी गरेको निषेधाज्ञाका कारण अन्य क्षेत्र जस्तै अदालतको नियमित सेवा समेत बन्द हुन पुग्यो,’ भण्डारीले भने, ‘सेवा बन्द हुदाँ जति संख्यामा मुद्दा दर्ता भएका छन् त्यसमा अपेक्षित परिणाम हासिल गर्न सकेनौँ, मुद्दाहरू प्रक्रियागत रूपमा नै छन्।’

'बिरामीको सेवा गर्दागर्दै पीपीईमा महिनावारीको रगत लागेको पत्तै पाइँदैन'

एक त सहनै नसक्ने गर्मी, त्यसमाथि सबैतीरबाट सील भएको पीपीई लगाउनु पर्दा मरुभूमिमा बसे सरहको अनुभव यहाँका कोभिड वार्डमा खटिएका नर्सहरुको छ। बिरामीको सेवामा खटिरहने उनीहरुले कतिपय समयमा त सेतो पीपीईमा रातो रगत लागेको समेत पत्तै पाउँदैनन्।

महामारीबीच सेयर बजारमा प्रगति

कोरोना महामारीले मानवीय जनजीवन तथा समग्र अर्थतन्त्र आक्रान्त भइरहेको बेला सेयर बजार भने दिनहुँ उकालो लाग्ने क्रम जारी छ। आइतबार ५४ अंकले बढेको सेयर बजार मापक परिसूचक नेप्से सोमबार पनि बढेको छ।

भूमिगत प्रसारण लाइन विस्तार: समय ६ महिना बाँकी, प्रगति एक चौथाइ

अभियान सुरु भएको १५ महिना बित्दा कामको प्रगति उत्साहप्रद छैन। नेपाल विद्युत् प्राधिकरणले प्रधानमन्त्री ओलीले सुरु गर्नुअगावै रत्नपार्क र महाराजगन्ज क्षेत्रमा भूमिगत विद्युत् प्रसारण लाइन निर्माणको लागि ठेक्का सम्झौता गरिसकेको थियो।

नागरिककर्मी दङ्गाललाई प्रगति पत्रकारिता सम्मान

नागरिक दैनिकका सिन्धुपाल्चोक संवाददाता ध्रुव दङ्गाल यस वर्षको प्रगति पत्रकारिता सम्मानबाट सम्मानित भएका छन्।

खोप र दिमागमा रगत जम्ने समस्याबीच सम्बन्ध छ: इएमए

कोरोनाविरुद्ध अस्ट्राजेनेकाले उत्पादन गरेको खोप र दिमागमा रगत जम्ने समस्याबीच प्रस्ट सम्बन्ध रहेको युरोपियन मेडिसिन एजेन्सी (इएमए) ले जनाएको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको प्रगति नौ प्रतिशत

तीन खण्डबाट निर्माण थालेसँगै नागढुंगा–सिस्नेखोला सुरुङमार्गको कामले गति लिन थालेको छ। आयोजनाको सुरुङ गत पुस ८ गते खन्न थालिएको थियो। सुरुआती चरणमा स्थानीयको केही अवरोध आए पनि अहिले २४ घन्टा काम भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्