२४ असार २०८१ सोमबार
image/svg+xml

पुनर्निर्माणको प्रगति

२०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएका भौतिक पूर्वाधारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पबाट भएको मानवीय क्षतिको कुनै हिसाबले क्षतिपूर्ति र राहत हुन सक्दैन । पूर्वाधारको क्षेत्रमा भने ती संरचनाको पुनर्निर्माण भएको छ । पुनर्निर्माणका कारण क्षतिग्रस्त संरचनाले नयाँ मुहार फेरेका छन् ।

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा

राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन्।

कर्णाली प्रदेशः पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले ३.९६ प्रतिशत रकम खर्च गरेको छ। विश्वभरि फौलिएको कोभिड–१९ का कारण यस वर्ष पहिलो चौमासिकमा रकम खर्च हुन नसकेको हो।

फास्ट ट्रयाकको भौतिक प्रगति १६ प्रतिशत

बहुचर्चित र विकासको लागि अत्यावश्यक मानिएको राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना निर्माण सुरु भएको तीन वर्षमा समग्रमा १६ प्रतिशत मात्रै काम सकिएको छ ।

यो सरकार ढल्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्रगतिबाट आत्तिएकाले मात्र आफ्नो राजीनामा मागेको भन्दै सरकारले काम गरेन भन्नेहरूलाई ‘काम नभएका र अस्थिरता चाहने झुण्ड’ को संज्ञा दिए।

पर्यटन मन्त्रालयको प्रगति ६० प्रतिशत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष (आव) ०७६/७७ मा लक्ष्यको ६० प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।

पोखरा विमानस्थलको कार्य प्रगति ६२ प्रतिशत

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको प्रभाव निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पनि परेको छ । देशकै गौरवको रुपमा रहेको पोखरा विमानस्थल निर्माणमा लकडाउनको प्रभाव पर्दा निर्माण सम्पन्न हुने समयसीमा भन्दा ६ महिना अघि नै निर्माण सम्पन्न गरेर सरकारलाई बुझाउने लक्ष्य पूरा नहुने भएको हो ।

प्रदेशको प्रगति

मुलुकलाई संघीयताको ढाँचामा लैजाँदा धेरै कोणबाट विचारविमर्श भएका थिए। नेपालजस्तो सानो मुलुकका लागि संघीयता आवश्यक छैन भन्नेहरू थिए र आज पनि छन्। अहिले लागु गएिको विकेन्द्रीकरणको सिद्धान्तलाई राम्रोसँग कार्यान्वयन गर्न सके र तल्लो प्रशासनिक निकायलाई अधिकार सम्पन्न बनाए संघीयतामै जानुपर्दैन भन्ने धारणा पनि उत्तिकै बलियो थियो।

यस्तो छ तीन प्रज्ञा प्रतिष्ठानको वार्षिक प्रगति

कोरोना भाइरस (कोभिड–१९) का कारण मुलुकमा गरिएको लकडाउनको समयमा पनि प्रज्ञा प्रतिष्ठानले पुस्तक सम्पादन, प्रकाशन र बृह्त शब्दकोषको कामलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायका अनुसार लकडाउनका समय प्रतिष्ठानबाट १० वटा पुस्तक प्रकाशित भएका छन् । त्यस्तै ५३ वटा विषय समेटिएको ‘नेपाली दर्शन’ को प्रारम्भ भएको छ ।

हुलाकी राजमार्गको प्रगति ४९ प्रतिशत

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको भौतिक प्रगति ४९ प्रतिशत पुगेको छ । यस अन्तर्गत बन्नुपर्ने १७ सय ९२ किलोमिटर सडकमध्ये हालसम्म चार सय १३ किलोमिटर कालोपत्रे सम्पन्न भएको छ ।

भौतिक मन्त्रालयको वित्तीय प्रगति २५ प्रतिशत

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङले आर्थिक वर्षको दोस्रो चौमासिकसम्म मन्त्रालयको भौतिक प्रगति ३० प्रतिशत र वित्तीय प्रगति २५ प्रतिशत पुग्ने प्रक्षेपण गरेका छन्।

साहित्यकार अभिनन्दित

प्रगतिशील लेखक संघ (प्रलेस)ले साहित्यकार आनन्ददेव भट्टलाई अभिनन्दन गरेको छ। शुक्रबार प्रलेसले राजधानीमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले साहित्यकार आनन्ददेव भट्टलाई धातुमा कुँदिएको अत्रि प्रदान गरेका थिए।

तुरुन्त रगत उपलब्ध गराउनेलाई रेडक्रसको सम्मान

रगत अभाव हुँदा तुरुन्तै रगत उपलब्ध गराउने संस्था र व्यक्तिलाई नेपाल रेडक्रस जिल्ला शाखा सिन्धुलीले सम्मान गरेको छ। दुर्घटना वा अन्य विपदमा रगतको अभावमा छटपटाई रहेका बिरामीलाई तुरुन्त रगत उपलब्ध गराई सहयोग गरेका संस्थालाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ।

चार वर्षमा ८३ प्रतिशत प्रगति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार वर्षमा पुनर्निर्माण क्षेत्रमा ८३ प्रतिशत प्रगति गरेको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले चार वर्षमा पुनर्निर्माणको ६ क्षेत्रमा औसत ८३ प्रतिशत उपलब्धि हात पारेको बताएका छन्।

‘विकासे मन्त्रालयको प्रगति सन्तोषजनक देखिएन’

संसद्को अर्थ समितिले चालु आर्थिक वर्षको चौमासिक अवधिमा विकासे मन्त्रालयको भौतिक र वित्तीय प्रगतिबीच ठूलो खाडल देखिएको बताएको छ। सिंहदरबारमा बिहीबार भएको अन्तरमन्त्रालय चौमासिक समीक्षा कार्यक्रममा समितिका सभापति कृष्णप्रसाद दाहालले विकासे मन्त्रालयको चौमासिक अवधिमा भएको विकासे आयोजनाको भौतिक र वित्तीय प्रगतिबीच तालमेल नदेखिएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्