१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

रहेनन् वरिष्ठ प्रगतिवादी साहित्यकार भट्ट

वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ। गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका भट्टको आज बिहान निधन भएको हो।

लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित  छन्। उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’  लागायत  कृति लोकप्रिय  छन्।

विसं १९९३ मा जुम्लामा  जन्मिएका  भएका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्वअध्यक्षसमेत रहेका थिए। उनको  शव श्रद्धाञ्जलिका लागि पशुपति आर्यघाटमा राखिने र अन्त्येष्टि गरिने प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले जानकारी दिए। भट्टका श्रीमती र दुई छोरा छन्। 

प्रकाशित: १४ भाद्र २०७८ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App