८ असार २०८१ शनिबार
image/svg+xml

चिस्यान सुविधासहित कृषि एम्बुलेन्स सञ्चालनको तयारीमा महानगर

कास्कीकै ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी तथा फलफूललाई बजारीकरण गर्ने योजनासहित निःशुल्क ढुवानी गर्ने उल्लेख गरेको छ। महानगरपालिकाले श्रृंखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सेवा सुरु गर्ने तयारी गरेको हो।

मापदण्ड विपरीत बैतडीका एम्बुलेन्स

मापदण्ड विपरीतका एम्बुलेन्सबाट बिरामी बोक्दा बाटोमै बिरामीले ज्यान गुमाउन बाध्य भएका छन्। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ ले क र ख वर्गका एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाइने व्यवस्थाको छ। तर बैतडीमा भने ति दुवै मापदण्ड भएका एम्बुलेन्स छैनन्। ग वर्गका एम्बुलेन्सले बिरामी बोक्ने गरेका छन्।

एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा

रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ। बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो।

गाउँपालिकाका अध्यक्षद्वारा बिरामीको उद्धार

पालिकाको गाडीलाई एम्बुलेन्स बनाउने घोषणा गरेका ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन (मुक्ति) लाबुङले अन्ततः पालिकाको सवारीमार्फत् बिरामीको उद्धार गर्न सुरु गरेका छन्।

तीन महिनादेखि एम्बुलेन्स सञ्चालन भएन

वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका युवाहरुले आर्थिक संकलन गरेर हस्तान्तरण गरेको एम्बुलेन्स तीन महिनादेखि सञ्चालन हुन सकेको छैन।

फत्तेपुर जंगलमै बाघको ताजा पाइला भेटिएपछि नियन्त्रणमा लिन आहारा छाडियो

बाँकेको राप्तीपारि आतंक मच्चाइरहेको पाटे बाघ रहेको सम्भावित स्थान पत्ता लागेको छ।

किस्ट कलेजको वातावरणमैत्री एम्बुलेन्स

किस्ट मेडिकल कलेजले इलेक्ट्रिक एम्बुलेन्स प्रयोगमा ल्याएको छ। कलेजले प्रयोगमा ल्याएको बिवाइडी एम्बुलेन्सभित्र बिरामीका लागि अत्याधुनिक उपकरण जडान गरिएको छ।

फोटोन मोटर्सको विश्वस्तरीय एम्बुलेन्स

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विश्वस्तरीय टुनल्यान्ड एम्बुलेन्सनेपाली बजारमा बिक्री सुरु गरेको छ।

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना

गोरखा अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ। आज बिहान ठूलो आगनबाट सतिपिपल तर्फ बिरामी लिन जाँदै गरेको ग १ च २४०६ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो।

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा बुटवलमा दुइ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

नेपाललाई जापान सरकारद्वारा छ वटा एम्बुलेन्स हन्तान्तरण

आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई नेपालस्थित जापानका राजदूत किकुता युताकाले एम्बुलेन्स हस्तान्तरण गरेका छन्।

शुद्धोधन गाउँपालिकाका चार स्वास्थ्य चौकीमा एकैसाथ एम्बुलेन्स

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।

खलबलिँदै नाता सम्बन्ध : पतिको हत्या आरोपमा पक्राउ

मधेस र पहाडको फरकफरक सामाजिक परिवेशमा पत्नीद्वारा पति र नजिकको नाताका भाइको संलग्नतामा दाजुको परिवारका सदस्यको सामूहिक हत्या घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएको छ।

एम्बुलेन्सको ठक्करबाट पुरुषको मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ।

अब तालिम लिएका चालकले मात्र एम्बुलेन्स चलाउन पाउने

एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ वा ‘ख’ वर्ग हुनुपर्ने र सबै एम्बुलेन्स अनिवार्यरुपमा फोर ब्हील ड्राइभ, पावर स्टेरिङ, सन्पेन्सन चेन सिस्टमको हुनुपर्नेछ। ‘क’ र ‘ख’ वर्गको एम्बुलेन्सका लागि मात्र राजस्व छुटको व्यवस्था गरिएको निर्देशिकामा उल्लेख छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्