१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किस्ट कलेजको वातावरणमैत्री एम्बुलेन्स

किस्ट मेडिकल कलेजले इलेक्ट्रिक एम्बुलेन्स प्रयोगमा ल्याएको छ। कलेजले प्रयोगमा ल्याएको बिवाइडी एम्बुलेन्सभित्र बिरामीका लागि अत्याधुनिक उपकरण जडान गरिएको छ।

काठमाडौंमा बढ्दो प्रदूषणलाई ध्यानमा राखी पहिलोपटक वातावरणमैत्री इलेक्ट्रिक एम्बुलेन्स प्रयोगमा ल्याइएको र यसमा अक्सिजन, भेन्टिलेटरलगायत उपकरण जडान गरिएको छ।

उक्त एम्बुलेन्समा एकपटक चार्ज गरेपछि तीन सय १० किलो मिटरसम्म गुड्नसक्ने क्षमता रहेको छ।

चिनियाँ ब्याट्री निर्माता कम्पनी बिवाइडीले निर्माण गरेको इ–६ मोडेलको ब्याट्री प्रयोग गरिएको एम्बुलेन्सको मूल्य ४० लाख रूपैयाँ रहेको छ। ब्याट्रीको ग्यारेन्टी १० वर्ष रहेको बताइएको छ।

प्रकाशित: १६ मंसिर २०७८ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App