coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

फोटोन मोटर्सको विश्वस्तरीय एम्बुलेन्स

एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले फोटोनको विश्वस्तरीय टुनल्यान्ड एम्बुलेन्स नेपाली बजारमा बिक्री सुरु गरेको छ।

सन् १९९६ मा चीनमा स्थापना भएको फोटोनले ठूला ट्रक, साना मझौला ट्रक, पिकअप, बस र निर्माण उपकरणहरू उत्पादन गर्दै आएको छ। यस्तोमा कम्पनीले उत्पादन गरेको टुनल्यान्ड एम्बुलेन्स नेपालमा बिक्री सुरु गरेको हो।

जर्मन अटो जाइन्ट डेमलरसँगको सहकार्यमा फोटोनले ठूला सवारी उत्पादन गर्दै आएको छ भने इन्जिनको लागि कमिन्स्सँग सहकार्य गरेको छ। यसले डिजेल इन्जिनमा फोटोनका गाडीहरू निकै शक्तिशाली रहेको दाबी कम्पनीले गरेको छ।

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार अब फोर व्हिल ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको एम्बुलेन्स मात्र सञ्चालन गर्न पाइन्छ। त्यसमा  टुनल्यान्ड एम्बुलेन्सले सबै मापदण्ड पूरा गर्ने कम्पनीले जनाएको छ।

एम्बुलेन्सभित्र एउटा बिरामीका लागि आवश्यक सम्पूर्ण मेडिकल पूर्वाधारहरू उपलब्ध रहेको र जसका कारण बिरामीलाई अस्पताल लैजाँदा वा ल्याउँदा निकै सहज हुने कम्पनीले बताएको छ। साथै अस्पतालहरूको आवश्यकताअनुसार एम्बुलेन्समा आवश्यक थप पूर्वाधारसहित सुविधायुक्त बनाउन समेत सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

टुनल्यान्ड एम्बुलेन्समा २.८ लिटर क्षमताको डिजेल इन्जिन छ। उक्त इन्जिनले १२० किलोवाट पावर प्रदान गर्नेछ भने अधिकतम टर्क ३६० एनएम छ। फोर बाई फोर सिस्टम जडान भएको यो पिकअप विश्वका १४० भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको कम्पनीको भनाइ छ।

यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। अधिकतम १५० किलोमिटर प्रतिघन्टाको रफ्तारमा कुद्न सक्ने यो पिकअपमा ५ स्पिड म्यानुयल गियरबक्स छ।  

प्रकाशित: ६ मंसिर २०७८ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App