८ वैशाख २०८१ शनिबार
समाज

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा बुटवलमा दुइ जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्। बुटवल १२ तामनगर स्थित पुर्वपश्चिम राजमार्गमा गएराती लु १ झ २८७ नम्बरको एम्बुलेन्स र लु २४ प ३९८७ नम्बरको मोटरसाइकल ठोक्कीएको थियो। घटनामा बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल चालक र त्यसमा सवार अर्का एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

मोटरसाइकल चालक गुल्मी घर भइ तिलोत्तमा नगरपालिका ३ बस्ने २४ वर्षीय अनमोल थापा र मोटरसाइकलमा पछाडी बसेका सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। 

गम्भिर घाइते दुवै जनाको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ। एम्बुलेन्स चालक गैडहवा गाँउपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउ घाइते भएका छन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाको थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७८ ०६:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App