१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मुद्दा तामेलीमा राख्न चलखेल

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा ‘भ्रष्टाचार भएको’ प्रमाण भेटिएपछि त्यसमा संलग्न नेपाल आयल निगमका अधिकारीहरूले उन्मुक्ति पाउन चलखेल गर्न थालेका छन् ।

आइओएम डिनमा फेरि चलखेल

सम्बन्धन र कलेजका सिट निर्धारणका लागि हुने चलखेलका कारण अस्थिर बनेको चिकित्सा शिक्षा अध्यायन संस्थान (आइओएम) डिन नियुक्तिमा सर्वोच्च अदालतको फैसलाको आडमा फेरि नयाँ नियुक्तिको चलखेल सुरु भएको छ ।

महानिर्देशकबाट गौतमलाई हटाउन फेरि चलखेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई सो पदबाट हटाउन फेरि चलखेल थालेका छन्।

नयाँ मदिरा उद्योगलाई अनुमति दिन चलखेल

उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उद्योगलाई अनुमति दिलाउन चलखेल गरेका छन् । सरकारले भने दुई वर्षदेखि मदिरा उद्योग स्थापना गर्न रोक लगाएको छ । विभिन्न ‘स्वार्थ समूह’ को दबाबमा औद्योगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो देखाएका हुन् ।

सांसद बन्न राजपा र फोरममा चलखेल

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालभित्र प्रतिनिधिसभा समानुपातिक सांसद बन्न चलखेल सुरु भएको छ । दुवै दललाई प्रतिनिधिसभा समानुपातिकमा क्लस्टर (समावेशी सूची) मिलाउनुपर्ने बाध्यता नरहेपछि नेताहरु चलखेलमा लागेका हुन्।

मौन अवधिमा चलखेल

निर्वाचन कार्यक्रमअनुसार बिहीबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ । यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ ।

जेलबाटै चुनावी चलखेल

धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी अध्यक्षमण्डल सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ । यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ।

चिकित्सामा चलखेल

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका निम्ति त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १३ औं पटकको अनशनपछि प्राप्त गरेका उपलब्धिको स्थिति ‘माछो–माछो भ्यागुतो’ भनेजस्तो छ । व्यक्तिगत स्वार्थबाट परै रहेर चिकित्सा क्षेत्र सुधारका लागि उनले निरन्तर जारी राखेका संघर्षले यस क्षेत्रमा माफियाहरूले कायम राख्न खोजेको विकृति रोक्ने काम गर्दै आएका छन् ।

जुट मिलको सम्पत्ति खोस्न चलखेल

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलमा सरकारी स्वामित्वलाई कमजोर बनाउने ‘चलखेल’ भएको खुलेको छ । सरकारको दुई तिहाइ सेयरलाई अल्पमतमा पार्दै जुट मिलमा निजी क्षेत्रको पकड बढाउन सरकारकै एकजना सचिव र अर्का सह–सचिव संलग्न देखिएका छन्।

राजनीतिक चलखेलको थलो बन्यो प्राधिकरण

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणका लागि गठन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण राजनीतिक चलखेलको थलो बनेको छ । राजनीतिक चलखेलकै कारण प्राधिकरणमा चौथोपटक सिइओ परिवर्तन भएको छ ।

जलवायु वित्त व्यवस्थापन शाखा खारेज गर्न चलखेल

वातावरण मन्त्रालयले जलवायु वित्त व्यवस्थापन शाखा खारेज गरी नया“ शाखा बनाएर कृषि मन्त्रालयबाट नया“ व्यक्ति ल्याउने चलखेल सुरु गरेको छ । निर्वाचन आचारसंहिताविपरीत हुन लागेको यो तयारीप्रति वातावरणमन्त्री मिथिला चौधरी भने बेखबर छिन् ।

आर्थिक चलखेलमा लगतकट्टाको निर्णय उल्टाइयो

सर्दु जलाधार क्षेत्रबाट सट्टा भर्ना पाइसकेका व्यक्तिको जग्गा तत्काल रोक्का राखेर जग्गामा व्यक्तिको नामबाट लगतकट्टा गरी सर्दु जलाधार क्षेत्र कायम गर्ने वन तथा भूसंरक्षण मन्त्रालयका सचिवस्तरको निर्णयलाई भूमाफियाहरूले ठूलो आर्थिक चलखेल गरी उल्टाएको पाइएको छ ।

मौन अवधिमा माछा, कुखुरा र पैसाको चलखेल

प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको अघिल्लो दिन मतदाता फकाउन उम्मेदवारहरुले माछा, मासु, कुखुरा, हाँस र पैसा बाँडेका छन्। निर्वाचनमा चुनाव जित्ने दौडमा रहेका उम्मेदवारहरुले आफ्नो पक्षको भोट कायम राख्न र विपक्षीको भोट आफूतिर तान्न मौन अवधिको सम्पूर्ण नियम र आचार संहिताको धज्जी उडाउँदै उम्मेदवारहरुले मतदातालाई भेट्दै मागेको सामग्री उपलब्ध गराएका छन्।

कारबाहीबाट बच्न खड्काको चलखेल

भारतको नाकाबन्दीताका इन्धन वितरणमा अनियमितता गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङयिन्द्रप्रसाद उपाध्यायले तीनदिने स्पष्टीकरण सोधे । खड्काको जबाफ चित्तबुझ्दो नभएपछि निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका उपाध्यायले कारबाही प्रक्रिया अघि बढाउने टिप्पणीको फाइल तत्कालीन आपूर्तिमन्त्री गणेशमान पुनसमक्ष पेस गरे।

निर्माण सामग्रीको ठेक्कामा चलखेल

जिल्ला समन्वय समिति (जिसस)ले निर्माण सामग्री (ढुंगा, गिट्टी, बालुवा)को टेन्डर आह्वान गर्दा प्रमुख र अध्यक्षले चलखेल गरेको पाइएको छ । जिससले आह्वान गरेको टेन्डर प्रतिस्पर्धाका आधारमा फर्म चयन भएका फर्म समितिका पदाधिकारीले चलखेल गरेर पटकपटक टेन्डर रद्द गर्ने गरेको पाइएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्