२१ मंसिर २०८२ आइतबार
image/svg+xml
सन्तोष न्यौपाने
सन्तोष न्यौपाने नागरिक दैनिकको स्थापनाकालदेखि नै कार्यरत छन्। न्यौपाने नागरिकको अर्थ व्युरोमा कार्यरत छन्। उनले आर्थिक, सामाजिक विषयमा कलम चलाउँछन्।

सन्तोष न्यौपानेका लेखहरु :

माटोको घर

छोरो रविले खुबै मिहिनत गरी बनाएको माटोको घर देखेर सुन्तली मक्ख परिन्। मुहारमा खुसीका फोहरा बर्साउँदै लोग्नेतिर हेरेर भनिन्, ‘हेरिस्यो त हजुर, हाम्रो छोराले कति राम्रो घर बनायो। दुरुस्तै समुद्रको बिचमा ठडाइएको अलौकिक महल जस्तै!’

सुझावका असिना

मन भित्रभित्रै उकुसमुकुस भयो। अर्को विकल्प थिएन। काम त चलाउनै पर्‍यो। चुकुल लगाउन खोजें। चुकुल त भाँचिएर ठुटो मात्रै रहेछ।

परिचित परिवेशका कथा

कथा समकालको भोगाइको प्रकटीकरण हो। त्यसको जरा अतीतको भूगोलमा रहेको हुन्छ। हिजो रोएको व्यक्ति अहिले फिस्स हाँसेको देखिन्छ। हाँसोभित्र लुकेको वेदना चाल पाएर पाठकलाई त्यसको पोकोपुन्तुरो फुकाएर सही सवाल प्रस्तुत गर्नु कथाकारको मुख्य जिम्मेवारी हो।

भुन्टी र भुन्टेको बिहे

भुन्टी खरायो एक्लै बस्थी।बिहे भएको थिएन। एक दिन बजार घुम्न जाँदा एउटा भाले खरायोसँग भेट भयो। दुवैका आँखा जुधे। ‘तिम्रो नाम के हो ?’ खरायोले सोध्यो। ‘भुन्टी’ उसले लजाउँदै भनी र मुस्कुराई।

भिडियो गेम

‘ल्यापटपभित्र ग्वार्र दौड्ने को हो हँ ?’ सुलभले ल्यापटपभित्र छिटोछिटो हिँडेको कार्टूनलाई देखेर सोध्यो। ‘मेरो नाम भिडियो गेम हो। म तिम्रो साथी बन्न आएको हुँ। तिमीले मलाई आफूसँग खेलायौ भने म तिमीलाई धेरै माया गर्छु। मलाई सधैं तिम्रो ल्यापटपभित्रै राख है !’ फुत्रुक्कफुत्रुक्क उफ्रिदै कार्टूनले अनुरोध गर्यो।

विद्युतीय सामग्रीको गुणस्तर निर्धारण

कमसल विद्युतीय सामग्री प्रयोगले मानवीय क्षति र अनावश्यक विद्युत् खतप बढेको भन्दै सरकारले यसको गुणस्तर निर्धारण गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा विभिन्न विद्युतीय सामग्रीको गुणस्तर निर्धारण गरेको हो।

बाँकी ३९ अर्ब ६ करोड तिर्न सात दिनको समय

ठूला करदाता कार्यालयले एनसेललाई थप ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न ताकेता गरेको छ। कार्यालयले एनसेलको स्वामित्व बिक्रीमा तिर्नुपर्ने कर, शुल्क र ब्याजसहित थप ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार आठ सय १५ रुपैयाँ दाखिला गर्न सात दिनको समयावधि तोकी मंगलबार सूचना जारी गरेको छ।

एक लाख १८ हजार कम्पनी जरिवानामा

मुलुकमा सञ्चालन र दर्ता भएका कम्पनीमध्ये अधिकांश जरिवानामा परेका छन्। समयमै अद्यावधिक नगरेपछि एक लाख १८ हजार कम्पनीहरुले सवा दुई अर्बभन्दा धेरै जरिवाना तिर्नुपर्ने भएको छ।

दुष्ट धुवाँधुलो

मिलनटोलका केटाकेटीहरू धुलेचौरमा फुटवल खेलिरहेका थिए। सञ्जय पनि त्यही समूहमा थियो। खेल्दाखेल्दै सञ्जयलाई एक्कासि सास फेर्न अप्ठेरो भयो। खेल्नै छोडेर घरमा गएर सुत्यो। ‘आम्मै नि, मेरो बाबुलाई के भो’ आमाले भन्नुभयो, ‘लौ न सञ्जयका बा अब के गर्ने !’

लगानी गर्नुस्, ढुक्क हुनुस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न र प्रतिफल लैजान आग्रह गरेका छन्। शुक्रबार राजधानीमा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीको सुरक्षा र प्रतिफलका लागि ढुक्क हुन आग्रह गरेका हुन्।

उद्योगलाई छुटैछुट

सरकारले मुलुकमा औद्योगिक वातावरण बनाउन भन्दै प्रस्तावित औद्योगिक व्यवसाय ऐन २०७५ मा लगानीकर्तालाई विभिन्न शीर्षकमा छुट र सहुलियतको व्यवस्था गरेको छ। लगानीको परीणाम र उद्योग स्थापनाको क्षेत्रको आधारमा छुट र सहुलियतको व्यवस्था गर्न लागेको हो।

९३ देशबाट पौने तीन खर्ब लगानी गर्ने वाचा

सरकारले मुलुकमा लगानी भित्र्याउन अनेक प्रयास गरिरहेको बेला लगानी स्वीकृत गर्ने उद्योग विभागमार्फत हालसम्म पौने तीन खर्बभन्दा धेरैको लगानी प्रतिबद्धता आएको छ। विभागको तथ्यांक अनुसार तीन दशकको अवधिमा मुलुकमा लगानी गर्न चाहना राख्ने ९३ देशका लगानीकर्ताले दुई खर्ब ७८ अर्ब ९५ करोडभन्दा धेरैको लगानी स्वीकृत गराएका छन्। यो सुरुदेखि चालु आार्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक हो।

मोबिलाइजेसन खर्चबाट बक्यौता भुक्तानी

नेपाल दूरसञ्चार प्राधिकरणले चलखेलका आधारमा स्मार्ट टेलिकमलाई अप्टिकल फाइबर नेटवर्क विस्तार परियोजनाको ठेक्का दिएको पाइएको छ।

प्रत्येक प्रदेशमा औद्योगिक प्रवर्द्धन बोर्ड

साबिकको ऐनलाई खारेज गर्दै नयाँ बनाउन लागिएको औद्योगिक व्यवसाय ऐनले स्थानीय तहलाई उद्योगको अधिकार दिँदै कानुनहरु निर्माण गरेको छ। संघीय संरचनाअनुसार प्रस्ताव गरेको औद्योगिक व्यवसाय ऐन २०७५ ले संघ, प्रदेश र स्थानीय तहसम्मको अधिकार र कामलाई स्पष्ट पारेको छ।

मुख्य उत्पादन करारमा दिन नपाइने

लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादन लगायतबजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्