छोरो रविले खुबै मिहिनत गरी बनाएको माटोको घर देखेर सुन्तली मक्ख परिन्। मुहारमा खुसीका फोहरा बर्साउँदै लोग्नेतिर हेरेर भनिन्, ‘हेरिस्यो त हजुर, हाम्रो छोराले कति राम्रो घर बनायो। दुरुस्तै समुद्रको बिचमा ठडाइएको अलौकिक महल जस्तै!’
भुन्टी खरायो एक्लै बस्थी।बिहे भएको थिएन। एक दिन बजार घुम्न जाँदा एउटा भाले खरायोसँग भेट भयो। दुवैका आँखा जुधे।
‘तिम्रो नाम के हो ?’ खरायोले सोध्यो।
‘भुन्टी’ उसले लजाउँदै भनी र मुस्कुराई।
‘ल्यापटपभित्र ग्वार्र दौड्ने को हो हँ ?’ सुलभले ल्यापटपभित्र छिटोछिटो हिँडेको कार्टूनलाई देखेर सोध्यो। ‘मेरो नाम भिडियो गेम हो। म तिम्रो साथी बन्न आएको हुँ। तिमीले मलाई आफूसँग खेलायौ भने म तिमीलाई धेरै माया गर्छु। मलाई सधैं तिम्रो ल्यापटपभित्रै राख है !’ फुत्रुक्कफुत्रुक्क उफ्रिदै कार्टूनले अनुरोध गर्यो।
मिलनटोलका केटाकेटीहरू धुलेचौरमा फुटवल खेलिरहेका थिए। सञ्जय पनि त्यही समूहमा थियो। खेल्दाखेल्दै सञ्जयलाई एक्कासि सास फेर्न अप्ठेरो भयो। खेल्नै छोडेर घरमा गएर सुत्यो। ‘आम्मै नि, मेरो बाबुलाई के भो’ आमाले भन्नुभयो, ‘लौ न सञ्जयका बा अब के गर्ने !’
पछिल्लो समय प्रहरीप्रति जनअपेक्षा चुलिँदो छ । त्यो अपेक्षाले नै प्रहरीप्रति प्रश्न पनि उठ्छ । त्यसलाई सकारात्मक रूपमा लिई काम गरेमा प्रश्नको उत्तर आफैँ मिल्छ । ‘जनअपेक्षा’, ‘जनचाहना’ शब्द सुन्दा सामान्य लाग्छन् ।