२ मंसिर २०८१ आइतबार
image/svg+xml

सशस्त्रका डिआईजी र एसपीको घुमुवाको आर्थिक आतंक, दरबन्दी बारामा असुली पर्सामा

नेपालीहरुको महान चार्ड दशैं तिहार नजिकिदै गर्दा डिआईजी र एसपीले घुमुवा परिचालन गरेर आर्थिक आतंक नै मच्चाएको खुल्न आएको छ।

विपन्न परिवारलाई आवास हस्तान्तरण

बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो।

सुदूरपश्चिममा १६ लाख बडीले मतदान गर्न पाउने

आगामी मङ्सिरमा हुने प्रतिनिधी र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन्।

गण्डकी प्रदेशका पाँचवर्षः धेरै आलोचना, थोरै काम

२०७४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि आमजनताले मुलुकमा राजनीतिक स्थायित्व र विकासको चाहना खोजेका थिए। त्यही अपेक्षाका साथ दललाई जनताले निर्वाचनमा पर्याप्त साथ दिए। तर, दलहरुबीच विवाद, टुटफुट, सत्ता परिवर्तनको खेल लगायतका गतिविधिसँगै प्रदेशसभाको पहिलो कार्यकाल सकिएको छ।

दलहरुले बुझाए बन्द सूची

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ। नेकपा एमालेले यसपटक संघीय संसदमा समानुपातिकतर्फ नयाँ र युवा अनुहारहरूलाई समेटेको छ। नेकपा माओवादी केन्द्रले सोमबार समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ

‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ। हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ। जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्‍याउनेतर्फ लाग्नुपर्छ। अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको छ।’

नेकपा एस र जसपाले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझायो

‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं।’

निर्वाचन समानुपातिकतर्फको बन्दसूची आजै बुझाउन राजनीतिक दललाई आग्रह

‘विगतको अनुभवलाई हेर्दा त भोली बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुुस गरिराखेका छौं। तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाँहि लोकतन्त्रलाई सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौं। आयोग परिसर छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ। हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौं। तैपनि सामान्यतयाः पाँच बजेभित्र उहाँहरुले आइपुगेर सो सबै काम थालेर आजहुँदै सकिदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ छ।’

'अबको यात्रा आर्थिक समृद्धि'

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

‘प्रेमगीत ३’ लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’ मा लाग्ने सम्पूर्ण कर छुट दिन र राज्यको निकायबाट पाउने सम्पूर्ण सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ।

कर्णाली प्रदेशका पाँच वर्ष: नामाकरण गरेर वाहवाही कमायो,फ्लोरक्रस गरेर चर्चामा आयो

‘कर्णाली प्रदेशसभामा हामी कोही पनि सत्ता पक्ष र प्रतिपक्षी हुनेछैनौं, कर्णालीको रोग, भोक, गरिबी र अशिक्षानै हाम्रा प्रतिपक्षी हुन्। हामी जुनसुकै राजनीतिक दलबाट प्रतिनिधित्व गरेर आएपनि कर्णालीको विकास र समृद्धिका लागि संगसंगै हातेमालो गरेर अघि बढ्नेछौं।’

ताप्लेजुङमा सबैभन्दा कम मतदाता याङ्मा र सबैभन्दा बढी हाङ्पाङमा

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा कायम भएका छन्। १७ हजार ३ सय ३२ मतदाता कायम भएका छन्। फुङलिङमा २० वटा मतदान केन्द्र रहने छन्।

निर्वाचन प्रक्रिया आजबाट सुरु,आज र भोलि समानुपातिक सूची बुझाइँदै

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ।

पाहुना टोलीलाई पन्छाउँदै आयोजकको विजयी सुरुआत

प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ३१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिताअनतर्गत आइतबारको खेल धरानको हाम्रो धरान भेट्रान र दमक–लखनपुर भेट्रानबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिममा बाढी पहिरोः १८ को मृत्यु, ६ जना बेपत्ता

अछाममा १७ जनाको मृत्यु हुनुका साथै ५ जना बेपत्ता भएका छन् भने कैलालीमा बाढीले १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन्। अछामको कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँडीखाँदमा इन्द्रसिंह कामीको घरमा पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्