२४ असार २०८१ सोमबार
image/svg+xml
कला

‘प्रेमगीत ३’ लाई कर छुट दिन चलचित्रकर्मी महासंघको आग्रह

फाइल (तस्बिर)

नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ ले ‘प्रेमगीत ३’ मा लाग्ने सम्पूर्ण कर छुट दिन र राज्यको निकायबाट पाउने सम्पूर्ण सेवासुविधा दिन सरकारलाई आग्रह गरेको छ। नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुणकुमार प्रधान र महासचिव दिनेश कोइरालाले विज्ञप्ति जारी गर्दै आग्रह गरेका हुन्।

चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई लिएर उल्झन खडा गरेको भन्ने विवाद चलिरहँदा चलचित्रकमकर्मी महासंघ प्रदेश १ ले यस्तो आग्रह गरेको हो ।

महासंघले राधा, प्रकाश, ऐना झ्यालको पुतलीजस्ता फिल्मलाई पनि विभेद गरेकाे भन्दै यस्ता विभेदविरुद्ध एकजुट भएर बोल्न समेत आग्रह गरेको छ। महासंघले चलचित्रकर्मीहरुले टिकट काटेर सामुहिक रुपमा फिल्म हेर्ने बानी बसाल्न समेत आग्रह गरेको छ।

चलचित्र विकास बोर्ड र ‘प्रेमगीत ३’ बीच विवाद चर्कंदै जाँदा अभिनेता प्रदीप खड्काले मिडिया सामु अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका थिए।  

शुक्रबारदेखि नेपाल र भारतसहितका मुलुकमा ‘प्रेमगीत ३’ प्रदर्शन हुँदैछ। 

प्रकाशित: ३ आश्विन २०७९ ०६:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App