४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विपन्न परिवारलाई आवास हस्तान्तरण

मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र रहेका अतिविपन्न परिवारलाई आवास हस्तान्तरण गरिएको छ। बागमती प्रदेश सरकारको सहयोगमा अतिविपन्न चार परिवारलाई आज आवास हस्तान्तरण गरिएको हो।

प्रदेश सरकारको बजेटमा निर्माण भएको चार वटा एकतले घर चार परिवारलाई आज बागमती प्रदेशसभाका निवर्तमान सदस्य डा. राजेन्द्रमान श्रेष्ठले आवासको साँचो हस्तान्तरण गरेका हुन्।  

बागमती प्रदेश सरकारद्वारा प्राप्त रु १७ लाख २० हजारबाट मध्यपुरथिमि नगरपालिको बोडे, नगदेश, चपाचो र ताहाननीमा एक एक जना अति विपन्नलाई आवासको साँचो हस्तान्तरण गरिएको हो। डा. श्रेष्ठले मध्यपुरथिमिमा अझै धेरै नै अतिविपन्न परिवार रहेकाले त्यस्ता परिवारका लागि आवासको व्यवस्था गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले बजेट विनियोजन गर्नुपर्ने बताए।  

अति विपन्न आवास व्यवस्थापनमा सक्रिय रहनुभएका मध्यपुरथिमिमा नवीन प्रकाश श्रेष्ठले मध्यपुरथिमिमा यसअघि पनि चार परिवारलाई आवासको व्यवस्था गरेको र अहिले पनि चार परिवारलाई आवास निर्माण गरी हस्तान्तरण गरेको बताए। रासस

प्रकाशित: ४ आश्विन २०७९ १०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App