७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा एस र जसपाले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझायो

नेकपा (एकीकृत समाजवादी)ले पनि आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। सोमबार अपरान्ह निर्वाचन आयोगमा पुगेर समानुपातिक तर्फको उम्मेदवारहरुको नामावली बुझाइएको पार्टीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए।

उनले संविधान र कानुनको परिधिभित्र रहेर आफ्नो पार्टीले प्रदेशसभाका २२० सिट र प्रतिनिधिसभाको ११० सिटका लागि उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाइएको बताए। उपमहासचिव तुलाधरले भने,  ‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं।’

यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पनि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। तर प्रदेशसभाको सबै सिटमा भने उम्मेदवार नदिइएको नेता केशव झाले बताए।

उनका अनुसार प्रतिनिधिसभाको भने सबै सिटमा जसपाले उम्मेदवारी दिएको छ। ‘पार्टी केन्द्रीय समितिको निर्णय अनुसार समानुपातिक तर्फको उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छौं। प्रदेशसभाको भने सबै सिटमा उम्मेदवारी दिएका छैनौं।’

निर्वाचन आयोगले भने दलहरुलाई नामावली सच्याउनका लागि असोज १६ गतेसम्मको समय दिइएको र २२ गते त्यसको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तय गरेको छ। 

प्रकाशित: ३ आश्विन २०७९ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App