१० आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

पाहुना टोलीलाई पन्छाउँदै आयोजकको विजयी सुरुआत

पाहुना टोलीलाई पन्छाउँदै आयोजक मिल्स भेट्रान क्लबले १ नम्बर प्रदेश स्तरीय प्रथम मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

शनिबारदेखि विराटनगरको जुट मिल खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले दुलारी भेट्रान्स क्लबलाई ३–१ गोल अन्तरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

सुरुआतबाटै दबावमा राख्दै खेलको आयोजकका लागि सन्तोष चोङवाङले २ गोल र प्रकाश पौडेलले १ गोल गरेका थिए भने एकमात्र सन्तवना गोल दुलारीका लागि चुडामणि बस्नेतले गरे। ७० मिनेटको खेलको १९ औं मिनेटमा आयोजकका प्रकाश पौडेलले गोल गर्दै टोलीलाई अग्रता दिलाए।

२९औं मिनेटमा सन्तोष चोङवाङले गोल टोलीलाई दोब्बर गोलको अग्रता दिलाए। २ गोललेपछि परेको दुलारीले मध्यान्तरपछि खेललाई केही सुधार गरेर खेले पनि नतिजा निकाल्न सकेन। ३७औं मिनेटमा सन्तोषले पुनः गोल गर्दै गोल संख्या बढाए।

दुलारीका चुडामणि गौतमले ५७ औं मिनेटमा एक गोल फर्काए। म्यान अफ द म्याच आयोजकका सन्तोष चोङवाङ भए। प्रतियोगितामा झापा, मोरङ र सुनसरीका १० वटा भेट्रान क्लबको सहभागीता रहेको छ।

आयोजक मिल्स भेट्रान क्लबसहित मोरङ विराटनगरको मर्निङ भेट्रान क्लब, विराटनगरको युनाइटेड भेट्रान क्लब, उर्लाबारीको राजघाट भेट्रान क्लब, दुलारीको दुलारी भेट्रान क्लब, सुनसरी दुहबीको दुहबी भेट्रान क्लब, धरानको हाम्रो धरान भेट्रान क्लब, भरौलको भरौल भेट्रान क्लब, झापा दमकको दमक–लखनपुर भेट्रान क्लब र विर्तामोडको विर्तामोड भेट्रान क्लबले सहभागिता जनाएका छन्।

प्रतियोगिताको विजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ र उपविजेताले नगद ३१ हजार १ सय ११ रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। प्रतियोगिताअनतर्गत आइतबारको खेल धरानको हाम्रो धरान भेट्रान र दमक–लखनपुर भेट्रानबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १ आश्विन २०७९ १५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App