१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन प्रक्रिया आजबाट सुरु,आज र भोलि समानुपातिक सूची बुझाइँदै

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ।

निर्वाचन आयोगले दलहरुलाई समानुपातिकतर्फको निर्वाचनका लागि उमेदवारहरुको बन्दसूची बुझाउनका लागि आज र भोलिका लागि तोकेको छ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुने छन्।  

दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ। त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ।

प्रकाशित: २ आश्विन २०७९ ०१:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App