३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता: गण्डकी प्रदेशद्वारा पूर्वाधार अध्ययन शुरु

मिति सार्वजनिक नगरिएपनि गण्डकी प्रदेश खेलकुद परिषदले भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्वाधारको अध्ययन शुरु गरेको छ।

परिसंघ प्रदेश १ मा घिमिरे अध्यक्ष

नेपाल उद्योग परिसंघ प्रदेश १ को साधारण सभाले भीम घिमिरेको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

बागमती प्रदेशसभाको नवौँ अधिवेशनको सातौँ बैठक पुस ७ गते

सचिव खड्काले दिएको जानकारीअनुसार यही पुसको पहिलो हप्तामा प्रदेशसभाका विभिन्न समितिको बैठक पनि बस्ने भएको छ।

प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई

यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गरिरहेको छ। मुख्यमन्त्री राईले उक्त मागप्रति सकरात्मक धारणा व्यक्त गर्दै प्रदेश नं १ को भूमिमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए।

प्रदेश १ मा २५ जना कोरोना संक्रमणमुक्त, १३ जनामा थपिए

मन्त्रालयको अनुसार पिसिआर परीक्षणका आधारमा सुनसरीमा ५, मोरङमा ३, झापामा २ र प्रदेश १ बाहिरका एक जनामा संक्रमण देखिएको हो।

‘बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन्।

ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा छ: मन्त्री यादव

विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि प्रदेश सरकारले तयारी अवस्थामा रहेको बताएका छन्।

कर्णाली प्रदेशः मन्त्रालय भागबण्डा अझै मिलेन

कर्णालीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठवटा मन्त्रालय छन्। सत्ता साझेदारमध्ये सबैभन्दा ठूलो माओवादी केन्द्रका १३ जना सांसद छन्। माओवादी केन्द्रले चारवटा मन्त्रालय दाबी गर्दै आएको छ भने तीन सांसद रहेको समाजवादीले तीनवटा मन्त्रालय दाबी गरिरहेको छ।

बागमतीको उपसभापतिमा बस्नेत र महर्जन विजयी

उक्त पदका लागि उम्मेदवारी दिएका निकटम प्रतिद्वन्द्वी धर्मराम गौतमले १००४ र राजेन्द्रप्रसाद बुर्लाकोटीले ८३९ प्राप्त गरे।

मुख्यमन्त्री शाहीद्वारा कांग्रेस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

आगजनी प्रभावितलाई स्वास्थ्य शिविर

कात्तिक २९ गते राती मुगुको सदरमुकाम गमगढीमा भएको भिषण आगजनीबाट प्रभावितहरुलाई कर्णाली प्रदेश प्रहरी कार्यालयको आयोजनामा स्वास्थ्य शिविर गरिएको छ।

चौतारी उपत्यकामा पदाधिकारी चयन

प्रेस चौतारी नेपालको उपत्यका प्रदेश कमिटीले पूर्णता पाएको छ। सो कमिटीको अध्यक्षमा हेमराज सिलवाल, उपाध्यक्षमा राजु सुवेदी, महिला उपाध्यक्षमा कविता अधिकारी, महासचिवमा विष्णु आचार्य, सचिवमा घनश्याम धमला, समावेशी सचिवमा रमेश गिरी र कोषाध्यक्षमा ज्योति जिसी चयन भएका छन्।

गण्डकी प्रदेशमा नयाँ गन्तब्यको खोजीमा नाटा

गण्डकी प्रदेशभित्र पर्यटकीय दृष्टिले घुम्न लायकको नयाँ गन्तब्यको खोजी सुरू भएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि तहसनहस भएको पर्यटन क्षेत्रमा नयाँ आशा जगाउन नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ गन्तव्यको खोजीमा जुटेको हो।

कांग्रेस प्रदेश अधिवेशनः कर्णाली र सुदूरपश्चिममा देउवाको वर्चश्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि भएका प्रदेश अधिवेशनमा पश्चिम नेपालका तीन प्रदेशमध्ये दुई प्रदेशमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका उम्मेदवार विजयी भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्