८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठाउन प्रदेश सरकारले थप सहयोग गर्ने  बताएका छन्। नेपाल व्यावसायिक बाख्रापालक महासंघको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उनले व्यावसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताएका हुन्। 

उनले भने, ‘किसानलाई बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ। यसवर्ष दुई अर्ब रूपैयाँ बिनाधितो ऋण दिने सरकारको नीति छ।’

महासंघका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानको पहुँचमा पुग्न नसकेको हुँदा यसलाई सहज बनाउन सुझाव दिए। भेलाले टीकालाल तामाङको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठनसमेत गरेको छ। समिति उपाध्यक्षमा ज्ञानबहादुर लामा, सचिवमा दीपेशचन्द्र तामाङ, सहसचिवमा प्रविन महत र कोषाध्यक्षमा रिमा लुइँटेल रहेका छन्।

त्यस्तै सदस्यमा क्रमशः ईश्वरी श्रेष्ठ, यज्ञप्रसाद न्यौपाने, सन्तोष मिजार, जीवन पहरी, इन्द्रा गौतम, जिलेट लामा, अम्बिका माया लामा, दुर्गाबहादुर घर्ती, गोविन्द केसी, दीपक अधिकारी, शंकर त्रिपाठी, सरिता महत, सावित्री गौतम र सरिता गौतम रहेका छन्।

प्रकाशित: २३ मंसिर २०७८ ००:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App