१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ओमिक्रोन नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा छ: मन्त्री यादव

विराटनगर प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नियन्त्रणका लागि  प्रदेश सरकारले तयारी अवस्थामा रहेको बताएका छन्। 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बुधबार  विराटनगरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका विषयमा गरेको  प्रदेश स्तरिय अन्र्तक्रिया कार्यक्रममा मन्त्री यादवले कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणका लागि प्रदेश सरकार तयारी अवस्थामा रहेको बताएका हुन्। मन्त्री यादवका अनुसार प्रदेश सरकारले १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिई सकेको बताए। 

साहस नै रोगको उपचार भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाए कोरोनाबाट डराउनु नपर्ने मन्त्री यादवको भनाई छ। उनले भने‘पहिलो र दोस्रो भेरियन्टबाट पाठ सिक्दै  कोरोना लाग्न नदिन स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नु आबश्यक देखिन्छ।’ प्रदेश सरकारले कोरोना उपचार हुने अस्पतालहरूमा थप बेडहरू र स्वास्थ्यकर्मीहरूको व्यवस्था गरेको मन्त्री यादवले दाबी गरे।

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पनि वेडहरु थप गरिएको उनले बताए। प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको मन्त्री यादवको भनाई छ। यादवले शिक्षा क्षेत्रको सुधारका लागि शिक्षकहरूलाई राजनीतिमा सहभागि हुन दिन नहुने धारणा राखे। उनले शिक्षक, कर्मचारी र पत्रकार कुनै पनि दलको भातृसंगठनमा आबद्द नहुने र राजनीति गर्न बन्देज लगाउने कानुनी व्यवस्था गर्नुपर्ने बताए।

कार्यक्रममा जिसस मोरङका संयोजक नरेश पोखरेल, सामाजिक विकास मन्त्रालयका प्रबक्ता राजेन्द्र उप्रेति,इन्सेक प्रदेश १ संयोजक सोमराज थापालगायतले शिक्षा, स्वास्थ्य र आवासको अधिकार सुनिश्चित गर्न सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

प्रकाशित: २२ मंसिर २०७८ १३:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App