२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सर्वोत्थान सहकारीको सभा

सर्वोत्थान बचत तथा ऋण सहकारी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सो सभा संस्थाका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा शनिबार चाबहिल, मित्रपार्कस्थित आरबी होम पार्टी प्यालेसको हलमा सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक रत्नबहादुर भुजेलले वार्षिक प्रतिवेदन पेस गरेका थिए भने संस्थाका सचिव तथा कार्यक्रम सञ्चालक भूपाल उप्रेतीले कोषाध्यक्षलगायतद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पास गर्न सभामा पेस गरेका थिए।

कार्यक्रममा संस्थाको स्थापनाकालदेखि कानुनी सल्लाह दिएर योगदान पुर्‍याउने सुधीर दंगाललाई कार्यक्रमका विशेष अतिथि तथा काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डंगोल र संस्थाका अध्यक्ष अधिकारीले सम्मान गरेका थिए।संस्थाको जगेडा कोषमा १३ करोड रूपैयाँ जम्मा भएको अध्यक्षअधिकारीले जानकारी दिए।

कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य कुसुम कार्की, काठमाडौं महानगर–७ का वडा सदस्य कृष्णमणि भट्टराई, कास्कुन पूर्वअध्यक्ष केशव दंगाल, नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक श्याम खनाललगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २६ मंसिर २०७८ ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App