नदीजन्य पदार्थको चोरी निकासी रोक्न प्रहरीद्वारा निगरानी
नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।
नदीमा नदीजन्य पदार्थ(ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ।
बागलुङमा एकै रात ६ घरमा चोरी भएको छ। जिल्लाको बडिगाड गाउँपालिका-५ खौलार बजारमा ६ घरमा सुनसहित पाँच लाख रुपैयाँबराबरको चोरी भएको हो। गाउँपालिकाको केन्द्रनजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित छन्।
विराटनगर महानगरपालिका–४ स्थित राजवंशी चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ।दिनेशकुमार साहको घरमा रहेको चन्द्रमा ज्वेलर्समा चोरी भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन्।
सरकारी मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा प्रहरीले तिन जनालाई नियन्त्रणमा लिएको छ।रौतहटको फतुवा विजयपुर नगरपालिकाको नाममा रहेको सरकारी नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा रौतहट प्रहरीले तिन जनालाई पक्राउ गरेको हो।
चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन्।
इटहरी इलाका प्रहरी कार्यालयले चोरी गरेको अरोपमा पक्राउ परेका नौ जनालाई सार्वजनिक गरेको छ।
तीन साताअघि धरानमा सुन पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका ६ स्थित वडा कार्यालयमा भएको चोरीमा संलग्न व्यक्तिको अझै पहिचान हुन सकेको छैन।
कृषि सामग्री कम्पनी लिमिटेडको मल चोरीको आरोपमा रौतहट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनीमार्फत कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा ल्याउन लागिएको ४२० बोरा युरिया मलखाद लिएर ट्रक चालक सम्पर्कविहीन भएकामा प्रहरीले दसीसहित पाँच जनालाई पक्राउ गरेको छ।
बिलमा उल्लेख गरेको भन्दा बढी इन्धन लोड भएको फेला पारेपछि प्रहरीले ट्यांकरलाई नियन्त्रणमा लिएको छ। नेपाल आयल निगमको गण्डकीको गगनगौंडास्थित डिपोबाट इन्धन लोड गरेर बाहिरिएको ग २ ख ८३६ नम्बरको ट्यांकरलाई जिल्ला प्रशासन कार्यालय कास्कीले प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको हो।
मोरङको बुढीगंगा गाउँपालिका–२ को एक घरमा गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ।
नेपालगन्ज भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन। २९ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ लक्ष्य लिएको भन्सार कार्यालयले झन्डै ११ अर्ब नोक्सान व्यहोर्दै १८ अर्ब १९ करोड राजस्व संकलन भयो। यो वर्ष मात्र होइन, बर्सेनि भन्सार कार्यालयले राजस्व गुमाउँदै आएको छ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-१ रमदैयास्थित राजदेवी मन्दिरको मूर्ति चोरी गरी फरार रहेका थप एक पक्राउ परेका छन्।