६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

चोरीको ४२० बोरा मलसहित पाँच जना पक्राउ

कृषि सामग्री कम्पनी लिमिटेडको मल चोरीको आरोपमा रौतहट प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। गत साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनीमार्फत कृषि सामग्री कम्पनी लिमिटेड वीरगंजबाट शाखा कार्यालय चन्द्रनिगाहपुर रौतहटमा ल्याउन लागिएको ४२० बोरा युरिया मलखाद लिएर ट्रक चालक सम्पर्कविहीन भएकामा प्रहरीले दसीसहित पाँच जनालाई पक्राउ गरेको छ।

वीरगंजबाट चन्द्रनिगाहपुरका लागि ना. ६ ख ९१९२ नम्बरको ट्रकमा लोड गरी चालक हरिकान्त पासवानले ४२० बोरा रासायनिक मल लिई हिँडेका थिए। साउन २६ सम्म पनि सम्बन्धित ठाउँमा मलखाद नपु¥याएपछि सम्बन्धित निकायले प्रहरीमार्फत खोजतलास सुरु गरेपछि रौतहट चन्द्रपुर नगरपालिका ४ स्थितबाट ना ६ ख ९१९२ नम्बरको ट्रक र चन्द्रपुर नगरपालिका ९ डुमरियाबाट नम्बर प्लेट अनटेष्ट रहेको आइचर कम्पनीको टेक्टर बरामद गरेको छ।

यसै गरी बृन्दावन नगरपालिका ६ कमलपट्टीका २८ वर्षका हरिकान्त पासवान, गुजरा नगरपालिका ९ सिमरा भवानीपुरका ४२ वर्षिय कृष्ण चौधरी, सोही ठाउँका ५० बर्षिय लक्ष्मण चौधरी, २१ बर्षिय छोटेलाल बैठा, गुजरा नगरपालिका २ का ३० बर्षिय मुकेश महतोलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिएका छन्।

प्रहरीले आपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा पाँचै जनालाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धान गर्ने क्रममा सामानसहित आरोपीलाई पक्राउ गरिएको र रौतहट जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ श्रावण २०८० १६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App