६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

चोरी आरोपमा २ जना पक्राउ

मोरङको बुढीगंगा गाउँपालिका–२ को एक घरमा गरगहना तथा नगद चोरी गरेको आरोपमा प्रहरीले २ जना युवकलाई पक्राउ गरेको छ।  

सुनसरीको इनरुवा नगरपालिका–३ का १९ वर्षीय अर्जुन पासवान र इटहरी उपमहानगरपालिका–५ घर भइ हाल बुढीगंगा–६ मा बस्दै आएका २९ वर्षीय का धनबहादुर राईलाई चोरी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। बुढीगंगा–२ का पृथ्वीराज श्रेष्ठको घरमा चोरी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका सहायक प्रवक्ता प्रहरी निरीक्षक पपु नायकले जानकारी दिए।

साउन २३ गते राति १२ बजेतिर श्रेष्ठको घरबाट सुन र चाँदीका गरगहना तथा नगद चोरी गरेर फरार भएका थिए । सहायक प्रवक्ता नायकका अनुसार चोरी गरी फरार भएका पासवान र राईलाई खोजतलास गर्ने क्रममा चोरी भएका सामानसहित उनीहरु पक्राउ परेका हुन्।  

पक्राउ परेका दुवै जनाविरुद्ध चोरी कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।  

 

प्रकाशित: २६ श्रावण २०८० ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App