२५ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सुन पसल फोडेर सुनचाँदी चोरी गर्ने दुई जना पक्राउ

तीन साताअघि धरानमा सुन पसल फोडेर सुनचाँदी चोरी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको  छ।

प्रहरीले विरगञ्ज महानगरपालिका वडा नं. ३२ का ३२ वर्षे महमद बसिर मियाँ र भारत मोतिहारी घोडासैन घर भई हाल भरतपुर महानगरपालिका वडा नं. १२ का १९ वर्षे रितु साहलाई पक्राउ गरेको हो।

उनीहरूका साथबाट प्रहरीले झन्डै चार आनाको घाटीमा लगाउने जन्तर जस्तो देखिने गहना एक थान, चाँदीको सिक्री एक तोलाको एक थान र पाँच तोला चाँदीको पाउजु बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी नवीन कृष्ण भण्डारीले शुक्रवार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

भदौ १६ गते धरान वडा नं. ३ दोभान चोक स्थित विशाल लिम्बुको घरमा भाडा लिएर जोडन ज्वलेर्स सञ्चालन गर्ने सुनिल विश्वकर्माको पसल फोडेर सुनचाँदी चोरी भएको थियो । प्रहरीले सो घटनाको अनुसन्धान गर्न प्रहरी निरीक्षकको कमाण्डमा तीन जना प्रहरी परिचालन गरेको थियो।  

प्रकाशित: ५ आश्विन २०८० १६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App